सिडिजन्स बैंकद्वारा तीनसय विद्यार्थीलाई न्यानो स्वेटर वितरण
२६ असोज, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका-७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच यस बैंकको जुम्ला शाखामार्फत सहयोग स्वरुप स्वेटरहरू हस्तान्तरण गरेको छ । ग्रामीण भेगका विपन्न पृष्ठभूतिका विद्यार्थीहरूलाई जाडोको समयमा विद्यालय जान सहयोग पुग्ने उद्देश्यले न्यानो स्वेटर वितरण गरिएको हो ।
यस पहलबाट ग्रामीण भेगका विद्यालयको शैक्षिक कार्यक्रममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन-जी सेभिङ्ग एकाउन्ट” र “सिटिजन्स डिजि बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्गज् एकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ्ग एप मार्फत नै शेयर आवेदन र सी.आर.एन. नम्बर सेवा लिन सकिने सुविधा लगायत कस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
For More: Citizens Bank Warm Sweaters

