सिडिजन्स बैंक र एथलीट ल्यान्ड बिच समझदारी: ग्राहकहरूलाई १५% सम्म छुट
११ कात्तिक, काठमाडौं।
सिडिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एथलीट ल्यान्ड प्रा. लि. बालकुमारी, खरीबोट, ललितपुर विच सिडिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सो समझदारीपत्र अनुसार सिडिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एथलीट ल्यान्ड प्रा. लि. मा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिडिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईंयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिडिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिडिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट” र “सिडिजन्स डिजि बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ग अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ ।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ्ग एप मार्फत नै शेयर आवेदन र सी. आर. एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुबिधा जसमा अन्य बैंकका ग्राहकले सिडिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।
सिडिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए. टि. एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट २० लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।
For More: Citizens Bank Discount Offer

