नागरिक लगानी कोषको कार्यकारी निर्देशक अन्तर्वार्ताका लागि पाँच जना उम्मेदवार छनोट
२१ साउन, काठमाडौं।
नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पाँच जना छनोट भएको छ।
कार्यकारी निर्देशकको छनोट तथा सिफारिस समितिले साउन २१ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा पाँच जना उम्मेदवारलाई अन्तिम चरणका लागि छनोट गरेको हो।
अन्तर्वार्ताका लागि छनोट हुने उम्मेदवारहरूमा अर्जुन कुमार गौतम (भक्तपुर), गोपाल घिमिरे (काठमाडौँ), पर्वत कुमार कार्की (उदयपुर), यज्ञ प्रकाश न्यौपाने (काठमाडौँ) र समता पन्त भट्ट (काठमाडौँ) रहेका छन्।
उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता साउन २५ र २६ गते सिंहदरबारस्थित अर्थ मन्त्रालयमा हुनेछ।
For More: Citizen Investment Trust Executive


