नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गतको रकम कर्पोरेट पे मार्फत गर्न सकिने

CIT Fantwari from NCHL
Share It On:

२१ असार २०७९, काठमाडौं ।

नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ ।

जस अन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टल मार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी गर्न सक्दछन् ।

यसरी २० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड सम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।

यसरी बैंक शाखा तथा कर्पोरेटपे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाख भन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

संस्थागत ग्राहकहरुले https://corporatepay.connectips.com, मा लग–इन गरी सर्भिस पेमेन्टभित्र रहेको गाेभर्नमेन्ट पेमेन्ट अन्तर्गत CIT Phatbari मा सब्मिसन नम्बर तथा अफिस कोड दाखिला गरी कर्पोरेटपेमा लिन्क गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्दछन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *