बाल केन्द्रित बुक फ्री फ्राइडे, ‘सिर्जनात्मक’ र ‘सिप’ कक्षामा रमाए विद्यार्थी (तस्विर सामग्री)

Child Book Free Frida Students
Share It On:

२६ साउन, काठमाडौं । 

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको बुक फ्री फ्राइडेका क्रियाकलापमा विद्यार्थीहरु रमाएका छन् । शैक्षिक सत्र सुरु भएसँगै नियमित भएका बुक फ्री फ्राइडेका कार्यक्रममा विद्यार्थीहरु व्यवहारिक र प्रयोगात्मक सिकाइमा रमाएका हुन् ।

Child Book Free Friday

Child Book Free Friday Students

महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक’ कक्षा र कक्षा ९ र १० मा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन गरिरहेको छ । सिर्जनात्मक कक्षाका लागि १५ विधाका उपसमूह गठन गरिएको छ ।

यसका लागि फोकल शिक्षकसँगै क्षेत्रगत ५४ वटा साझेदारसँग सहकार्य छ । विद्यार्थीहरुको रुचिलाई ध्यानमा राखेर हरेक विद्यालयमा १५ विधाका उपसमूह गठन गरिएको छ ।

शिक्षामा सिप कार्यक्रम सञ्चालन गर्न ४१ वटा साझेदारसँग सहकार्य छ । यसमा १० वटा विधाका कक्षा सञ्चालन हुन्छन् । शैक्षिक सत्र सुरु भएपछि विद्यालयमा कसरी कार्यक्रम सञ्चालन भइरहेको छ, हामीले तस्विर सामग्री तयार पारेका छौँ ।

Child Book Free Friday Students Enjoy Creative & Skills Classes


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *