२५ कात्तिक, काठमाडौं ।
काठमाडौं, थापाथलीमा हालै सीजी मोटर्सले अत्याधुनिक सुविधासम्पन्न एक्सपेंग फ्ल्यागशिप शोरूमको भव्य उद्घाटन गर्यो। यस अवसरमा कम्पनीले आफ्नो बहुप्रतीक्षित जी६ “Ultra Smart Coupe SUV” इलेक्ट्रिक गाडीलाई नेपाली बजारमा प्रस्तुत गरेको छ।
CG Motors Flagship Showroom in Thapathali
शनिबार सम्पन्न यस समारोहमा चिनियाँ दूतावासका प्रतिनिधि तथा एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा. ब्रायन गू लगायत अन्य विशिष्ट अतिथिहरूको सम्मानजनक उपस्थिति थियो। कार्यक्रममा डा. गूले एक्सपेंग ब्रान्डको खासियत र यसको ग्लोबल भिजनबारे जानकारी गराउँदै अटोमोटिभ क्षेत्रमा अगाडि बढ्ने उद्देश्यका साथ भविष्यमा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट सक्षम भएका गाडीहरू प्रस्तुत गर्ने योजनाबारे खुलासा गरे।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक, निर्वाण चौधरीले सीजी मोटर्सको सफलताको यात्रा, एक्सपेंगसँगको सहकार्य, र नेपालमा इलेक्ट्रिक गाडीको संभावनालाई केन्द्रित गर्दै आगामी योजनाहरूको चर्चा गरे। एक्सपेंग जी६ को लञ्चसहित सीजी मोटर्सले “Leading the Future of AI Mobility” भन्ने नयाँ ब्रान्ड भिजन प्रस्तुत गरेको छ।
एक्सपेंगले अत्याधुनिक एआई–सम्बद्ध प्रविधिमा आधारित गाडीहरू उत्पादन गर्दै आएको छ जसले गाडी अनुभवलाई अझ सहज र स्मार्ट बनाएको छ। एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्ममा विश्वको अग्रणी कम्पनी फोल्क्सवागन ग्रुपले ठूलो लगानी गरिसकेको छ, जसले एक्सपेंगलाई अझ व्यापक बनाएर ३० भन्दा बढी देशहरूमा उपस्थिति स्थापित गरेको छ।
सीजी मोटर्सले नेपाली बजारमा यस प्रकारको उच्च प्रविधियुक्त र वातावरणमैत्री गाडी भित्र्याउने लक्ष्यसहित यस अभियानको सुरुवात गरेको हो। यसले नेपाली उपभोक्ताहरूलाई स्मार्ट र दिगो यातायातको अनुभव प्रदान गर्नेछ।
For more: CG Motors Flagship Showroom in Thapathali