९० जना महानगर प्रहरी अधिकृतलाई क्षमता विकास तालिम

Capacity development training
Share It On:

२ असार, काठमाडौं।

काठमाडौँ महानगरपालिकाकाले ३५ जना ‘सिनियर प्रहरी अधिकृत’ र ५५ जना ‘जुनियर प्रहरी अधिकृत’ गरी ९० जनालाई नगर प्रहरीलाई क्षमता विकास तालिम दिएको छ ।

सिनियर अधिकृतलाई २ समूहमा र जुनियर अधिकृतलाई २ समूहमा विभाजन गरेर कर्तव्य पालना सँगसँगै तालिमका लागि समय व्यवस्थापन गरिएको हो ।

स्थानीय सरकार सञ्चालन, सहरी व्यवस्थापन र मानव अधिकारका विषयलाई तालिममा समेटिएको थियो । महानगर प्रहरी बलप्रति नागरिकमा विकास भएको विश्वाशलाई बचाउन प्रहरीको व्यक्तित्वको भूमिका, संस्थागत क्षमता विकाससँग सम्बन्धित भएका र हुनुपर्ने विषयका सत्रहरु सञ्चालन गरिएका थिए ।

‘कमाण्डरको विवेकपूर्ण नेतृत्व’, ‘प्रहरीका आचरण प्रति प्रतिवद्ध’ लाई तालिममा जोड दिइएको थियो । यस्तै नगर प्रहरी र नागरिक सम्बन्ध, प्रहरीको व्यावसायिक जीवन, दैनिक सम्पादन गरिरहेका काम, कर्तव्य पालना गर्दाका अवसर, सहरी व्यवस्थापनका चुनौती, यस्ता चुनौती सामना गर्न अपनाइएका र अपनाउनु पर्ने रणनीति, नीति र नेतृत्व प्रतिका दायित्व लगायत विषयमा अन्तरक्रियात्मक प्रस्तुति भएका थिए ।

For more details: Capacity development training metropolitan


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *