सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने भ्वाइस सँगै सफ्टवेयर समिट २०१५ सम्पन्न

काठमाडौं । 

सफ्टवेयरको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित ‘योमरी क्यान सफ्टवेयर समिट २०१५ इन एसोसिएसन विथ योङमाइन’ सम्पन्न भएको छ । होटल डेल अन्नपूर्णमा आयोजित कार्यक्रमको सुचना संचार तथा प्रविधि मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले उद्घाटन गर्नु भयो । कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हुँदै सचिव मल्लले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको वताउनु हुँदै सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि सफ्टवेयर समिटलाई निरन्तरता दिनुपर्ने वताउनु भयो । साथै उहाँले सूचना तथा संचार नीति र ब्रोडब्यान्ड नीति कार्यान्वयनमा ल्याएको र ग्रामिण दुरसंचार कोषलाई विस्तार गरी गाँउगाउँसम्म प्रविधि क्षेत्रको विकास र विस्तारका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी तथा दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले प्रविधी उद्योगको भविष्य उज्वल रहेको वताउँदै यस क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई निराश नभै उत्प्रेरित हुन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रमका अतिथी तथा सूचना प्रविधी विभागका निर्देशक विरेन्द्र कुमार मिश्रले नेपालमा सप्mटवेयर क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरोकारवाला सवैले समन्वयकारी भूमिका खेलेर अघि बढ्नु पर्ने वताउनु भयो । साथै उहाँले सरकारलाई प्रविधी क्षेत्रका व्यक्तिहरुले सल्लाह सुझाव दिएर सहयोग गर्नुपर्ने वताउनु भयो ।

कार्यक्रममा बोल्नु हुँदै क्यान महासंघका अध्यक्ष ई. बिनोद ढकालले नेपालमा सफ्टवेयर कम्पनीहरुको विकास र विस्तारका लागि सक्दो पहल गरिरहेको र सरकारले पनि यो क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने वताउनु भयो । त्यस्तै क्यान महासंघका महासचिव बिश्वराम बलामीले नेपाली सफ्टवेयर कम्पनी तथा सफ्टवेयरको प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको वताउनु भयो ।

सफ्टवेयर समिटमा विभिन्न सफ्टवेयर कम्पनीहरुले आफ्नो उत्पादनहरुको प्रदर्शन तथा प्रवद्र्धन गरेका छन । समिटमा छनौटमा परेका १० वटा सफ्टवेयर कम्पनीहरु सहभागि थिए । ति कम्पनीहरुले आफूले उत्पादन गरेको विभिन्न सफ्टवेयरहरु प्रदर्शन गर्नुका साथै कार्यक्रममा सहभागिहरुलाई ति सफ्टवेयरका वारेमा जानकारी दिएका थिए । उनीहरुले एमिनेशन मार्फत कम्पनी र उत्पादनहरुका वारेमा जानकारी दिएका हुन । समिटमा विभिन्न मन्त्रालय, बैंक, अस्पताल लगायत सूचना प्रविधिसँग सम्वन्धित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, विद्यार्थी तथा सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

समिटकै अवसरमा नेपालमा सप्mटवेयर क्षेत्रको वर्तमान अवस्था र भविष्यका वारेमा वृहत छलफल कार्यक्रम पनि भएको छ । कार्यक्रममा सप्mटवेयर क्षेत्रमा संघर्षरत व्यक्तिहरुले नेपालमा सप्mवेयर क्षेत्रमा कार्यरत व्यक्तिहरुले विविध नीतिगत तथा भूक्तानि समस्या सामना गरिरहेकाले यसको समाधानका लागि सरकार र नीजि क्षेत्रले पहल गर्नुपर्ने वताउनु भएको छ ।