पोखरामा फागुन १८ देखि क्यान इन्फोटेक –२०१९ हुदै

Share It On:

पोखरा ।कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले गर्दै आएको ‘क्यान इन्फोटेक मेला’ फागुन १८ गतेदेखि २४ गतेसम्म हुने भएको छ । दसौं संस्करणको उक्त मेला सातौं सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलसँगको सहकार्र्य हुन लागेको संस्थाका सचिव विकास भूर्तेलले जानकारी दिए ।

इन्फोटकमा अत्याधुनिक नयाँ फिचर एवं नविनतम प्रविधिको जानकारी दिइने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, आइसिटी कन्फरेन्स, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नविनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

फागुन १८ देखि २४ गते सम्म चल्ने उक्त मेलामा इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढि स्टल रहने कम्प्युटर एशोएिसन नेपालका सचिव विकास भुर्तेलले बताए इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने उनले बताए । ‘सामाजिक क्षेत्रमा पनि हामीले योगदान पु¥याउनेछौं,’ भुर्तेलले भने ।

मेलामा प्रदेश स्तरीय टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज, स्थानीय आइटी उत्पादन, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण तथा मोबाइल बिक्री वितरण विशेष रहेको जनाएको छ । ‘टाइपिङ प्रतियोगिताका लागि १० वटा जिल्लाबाट प्रतियोगी छानिएर आउनेछन् ।

मेलामा २२ देखि २५ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने संस्थाले अनुमान गरेको छ । सबै खर्च कटाएर ३ देखि ५ लाखसम्म बचत गर्ने अनुमान छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *