बुटवलमा प्रदेश स्तरिय क्यान इन्फोटेक माघमा हुने,पेपर लेस टिकटको ब्यबस्था

CAN INFOTECH BUTWAL 2020
Share It On:

पुस २५, २०७६

बुटवलमा नवौं संस्करणको सूचना प्रविधि मेला क्यान इन्फोटेक २०२० हुने भएको भएको छ । क्यान महासंघ प्रदेश ५ को संयोजकत्व तथा कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) रुपन्देहीको आयोजनामा माघ १७ गते देखि २१ गते सम्म बुटवल वहुमुखी क्याम्पसमा हुने भएको हो ।

BUTWAL INFOTECH 2020

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गर्दै मेला तयारीबारे जानकारी दिएको हो। नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता बारे जानकारी दिन प्रदेश स्तरीय क्यान इन्फोटेक गर्न लागिएको रुपन्देही अध्यक्ष रामुदेब गौतमले जानकारी दिए ।

क्यान इन्फोटेकले व्यवसायी र उपभोक्ताबिच मिलन गराउनुको साथै अन्तक्रिया गर्न र प्रविधिको बारेमा जानकारी आदान प्रदान गर्ने वातावरण निर्माण गर्ने आयोजकको दाबी छ ।
‘सफ्वेयरलाइ बढि महत्वका साथमा अघि सारेका छौं ,सातै प्रदेशमा क्यान इन्फोटक हुदैछ,हामी नेपाललाइ डिजिटल बनाउने अभियानमा सरकारसंग सहकार्यमै छौं’ — केन्द्रिय अध्यक्ष नवराज कुवरले भने ।
ब्यापार भन्दापनि सूचना प्रबिधिको बारेमा जानकारी दिने मुख्य काम मेलाको हुने कुवरको भनाइ छ ।सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलि कम्युनिकेशनस्, बैंक, आई सी.टी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र विभिन्न नयां प्रविधिको प्रयोग गरेर स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधि युक्त हाडवेयर/सफ्टवेयर संग सम्बन्धित स्टलहरु रहने छन् । मेलामा ३ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुका एक सय १० बढी स्टलहरुको सहभागिता रहने महासंघका सहसचिव सुरेश भट्टराईले बताए ।

सरकारी विद्यालयका विद्यार्थी, बुटवल वहुमुखी क्याम्पसका विद्यार्थी,अपांग र जेष्ठ नागरिकलाई निशुल्क प्रवेश दिइने मेलामा अनलाईन टिकट खरिदको व्यवस्था मिलाइने बिरु क्षेत्रीको भनाइ छ । मेलालाई देशैभर नै प्रभु पेले मुख्य प्रायोजन र वल्र्ड लिंक लगायतका कम्पनीहरुले प्रायोजन गरेको सहसचिब जीवन अधिकारीले जानकारी दिए ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *