ल्यापटपमा लगाइएको अन्त:शुल्क पुनर्विचार गर्न सरकारलाई क्यान महासंघको अनुरोध

CAN Federation Excise Duty on Laptops

 २३ जेठ, काठमाण्डौं।

आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएकोअन्त:शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्त:शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको हो ।

उक्त करले नेपालमा ल्यापटपको मूल्य अझ बढ्ने भन्दै यसबाट आईसीटी सहित विभिन्न क्षेत्रमा असर गर्ने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । ‘‘मानव स्वास्थ्यका लागि हानिकारक मानिने नेगेटिभ लिस्टमा रहेको वस्तुमा लगाउने अन्तःशुल्क ल्यापटप र नोटबुकमा लगाइएको छ । सूचना प्रविधिको विकासका लागि अपरिहार्य डिभाइसमै यसरी  न्त:शुल्क लगाइएकाले हामी सरकारको ध्यानाकर्षण गराउँछौं,’’ उनले भने ।

नयाँ आर्थिक वर्षका लागि सरकारले सूचना प्रविधि क्षेत्र लक्षित राम्रा कार्यक्रम ल्याइरहँदा ल्यापटपमा अन्त:शुल्क बढाउनुले गलत सन्देश दिएको उनको भनाइ छ। “ल्यापटपको मूल्य एक लाख छ भने १३ हजार त भ्याट लाग्छ ।

अब पाँच प्रतिशत अन्त: शुल्क लाग्ने भएपछि एक हजार १८ रुपैयाँ पुग्छ,” अध्यक्ष पोदारले भने, “यसको मारमा सबैभन्दा बढी उपभोक्ता नै पर्ने देखिन्छ ।” साथै यसले ल्यापटपको ग्रे मार्केटलाइ बढावा दिने भएकाले बजार अव्यवस्थित हुने उनको तर्क छ ।

त्यस्तै क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले सरकारको यो कदमले शिक्षा, स्वास्थ्य, पर्यटन, अर्थ, आईटी, अस्पताल लगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष असर पर्ने बताए । प्रविधिमैत्री समाज निर्माण गर्न ल्यापटपजस्ता अत्यावश्यक डिभाइस आयातमा प्रोत्साहनमूलक नीति हुन जरुरी रहेकोमा उनले जाेड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here