चौरसियाको नेतृत्वमा सर्वसमतबाट १३ सदसीय नयाँ कार्यसमिति गठन

Share It On:

वीरगंज, आश्विन २० – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) पर्साको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले आलोक चौरसियाकोे अध्यक्षतामा सर्वसमतबाट नयाँ कार्यसमिति गठन गरिएको छ । वीरगंज स्थित रोयाल पार्टी प्यालेसमा आज सम्पन्न महासंघको प्रथम साधारण सभा तथा अधिवेशनबाट चौरसियाको नेतृत्वमा सर्वसमतबाट १३ सदसीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा प्रशान्त कुमार, सचिवमा अमरेश सिंह, सह-सचिवमा गणेश सर्राफ, कोषाध्यक्षमा पुर्णिमा ताम्राकार, सदस्यमा सिम्रन सिंह परियार, दिपक साह, संजय कुमार कुर्मी, जीवन प्रकाश गुप्ता, धनन्जय कुमार चौरसिया तथा सल्लहाकारमा रविन्द्र साह र निलेश वैध रहेका छन् । क्यान महासंघका केन्द्रिय अध्यक्ष हेमन्त चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधायापक डा. उमेश कुमार चौरसिया, क्यान महासंघका केन्द्रिय उपाध्यक्ष नवराज कुँवर, प्रदेश २ अध्यक्ष बाल कृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जार, सचिव युवराज खड्कालगयातले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रम संचालन पत्रकार विवेक कर्णले गरेका थिए ।

कम्युटर प्राविधिक विषयमा काम गर्दै आएका संस्था तथा व्यक्तिहरुको छाता संगठन क्यानले आउने दिनमा पर्सा जिल्लाको कम्युटर शिक्षाको स्तरोनति गर्न नयाँ कार्यक्रमहरु ल्याउने अध्यक्ष चौरसियाले बताए । उनले छिटै महासंघले वीरगंजमा क्यान इन्फोटेक मेला समेत आयोजना गर्ने जानकारी गराए ।

Source: Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts