ओपो एफनाइन स्टारी पर्पल रंगमा सार्वजनिक प्रविधि, वैभव र सुन्दरताको संयुक्त नमुना

असोज १५, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली बजारमा एफनाइन अन्तर्गत नयाँ उत्पादन आकर्षक स्टारी पर्पल रंगमा सार्वजनिक गरेको छ । पछिल्लो महिना एफ नाइन सार्वजनिक समारोहमा स्टारी पर्पलका बारेमा जानकारी दिए देखि नै बजारमा यसको तिब्र माग हुँदै आइरहको छ । मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने भोक फ्ल्याश चार्ज र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइन सुसज्जित एफनाइन स्टारी पर्पलको डिजाइन प्रयोगकर्तालाई पृथक अनुभव प्रदान गर्नुका साथै ओपोको प्राविधिक समृद्धि र नव प्रबर्तनात्मक विशेषज्ञताको प्रतिबिम्ब दिने सोचका साथ गरिएको छ । रु. ४१,५९० निर्धारण गरिएको ओपो एफनाइन असोज १६ गतेदेखि देशभर रहेका अफलाइन स्टोर्स मार्फत उपलब्धहुनेछ ।


उद्योगकै पहिलो ६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८% उच्च स्क्रिन टू बडी रेसियो, पृथक ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री सहितको एफनाइनले उत्कृष्ट सेल्फीफञ्शनका साथै आनन्ददायी अनुभव, फास्ट चार्जिङ र लामो समयसम्म टिक्ने ब्याट्रीको सुविधा पनि प्रदान गर्छ ।

‘एफनाइन सार्वजनिक समारोहमा स्टारी पर्पलको घोषणा गरेदेखि नै उक्तफोन चर्चाको विषय बनी रहेको छ । सो समयदेखि नै उपभोक्ताहरु यसको निकै उत्साहपूर्वक प्रतिक्षारत छन् । हाम्रा उत्पादन र सेवाका लागि उपभोक्ताबाट प्राप्त प्रतिक्रियाका लागि हामी समस्त उपभोक्तालाई धन्यवाद नदिइ रहँन सक्दैनौँ ।’, सार्वजनिक नयाँ फोनका बारेमा  बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यहीमायाँ र सहयोगले हामीलाई नेपालमा ओपो एफनाइनको स्टारी पर्पल सार्वजनिक गर्न प्रोत्साहन मिलेको हो । प्रविधि, वैभव र सुन्दरताको सम्मिश्रणका रुपमा रहेको ओपो एफनाइनले उपभोक्ताको माग तथा आवश्कयताको समग्र सम्बोधन गर्नेमा हामी आशावादी छौँ ।’
एफनाइनमा ओपोले स्वतन्त्र रुपमा विकास गरेको भोक फ्ल्याश चार्ज सुविधा उपलब्ध गरिएको छ । यो प्रविधिले न्यून भोल्टेज चार्जिङ प्रविधिको उपयोग गर्दै साधारण ५भी÷१ए चार्जिङका तुलनामा ४ गूणा तिब्र चार्जिङ गति प्रदान गर्छ ।
भोकले एडेप्टरदेखि पोर्ट हुँदै फोनको आन्तरिक भाग सम्म पुग्दा विशेष ५ तहको सुरक्षा प्रणालीको अवलम्बन गर्छ ।भोकमा भोल्टेज रिड्युसिङ सर्किटको स्थानमा एमसीयू को प्रयोग गरिएको छ ।
सन् २०१४ मा भोक सार्वजनिक गरेदेखि यस अन्तर्गत ५ सय प्याटेन्टदर्ता गरिएका छन् भने ९ करोड उपभोक्ताले यसको प्रयोग गरिरहेका छन् । तसर्थ, भोक हाल सम्मकै कमर्सियल फास्ट चार्जिङ प्रविधिहो । ओपो एफनाइन स्टारी पर्पलमा ३५०० एमएएच क्षमताको ब्याट्री जडान गरिनुका साथै एआई ब्याट्री म्यानेजमेण्टको ब्यवस्थाप निगरिएको छ । यी समग्र सुविधाका कारण स्टारी पर्पलले उत्कृष्ट ब्याट्री आयू प्रदान गर्छ ।
यूवा उपभोक्ताले ग्राडियण्ट रंगको माध्यमबाट आफ्नो ब्यक्तित्व झल्काउन सक्छन् । ओपोद्वारा प्रयोग गरिएको ग्राडियण्ट स्प्रेइङ प्रविधि र फ्रेम ग्राडियण्ट प्रविधिको माध्यमबाट फोनको पछिल्तिर उत्कृष्ट ग्राडियण्ट डिजाइन उपलब्ध गरिएको छ । ओपो एफनाइन स्टारी पर्पललाई सूर्यको प्रत्यक्ष प्रकाशमा राख्दा क्रिस्टल जेम र वगेको पानीझैँ चमक दिन्छ ।
पानीको थोपा आकारको नोच बाहेक यसको स्क्रिनले समग्र फोन ओगटेको छ । पानीको थोपाबाट प्रेरित यस डिजाइनलाई कम्पनीले वाटरड्रप स्क्रिन नामदिएको छ । ओपो एफनाइन स्टारी पर्पलमाकम्पनीले १०८०८२३४० रेजोल्यूशन र १९.५ः९ एस्पेक्ट रेसियो सहितको ६.३ ईञ्चको बेजललेस स्क्रिन जडान गरिएको छ । फोनको स्क्रिन टू बडी रेसियो ९०.८% रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here