कुँवर समुह जीतको संघारमा पुग्दा पाण्डे समुह हतास मानसिकतामा

President Candidate of CAN Federation 2019
Share It On:

मंसिर ६, काठमाडौं । 

कम्प्युटर एशोसिएसन (क्यान) महासंघको भोली हुने महाधिवेशनबाट नवराज कुँवरको प्यानलै आउने सुनिश्चित देखिएको छ । सुचना प्रविधि ब्यवसायीहरुको छाता संगठन क्यानको निर्वाचनमा नवराज कुँवर समुह र सुनैना पाण्डे समुह विच प्रतिष्पर्धा भएकोमा कुँवर समुहले प्यानलै जित्ने सुनिश्चित भएपछि पाण्डे समुह ‘हतास’ भएका छन् । अहिले कुँवर समुहबाट १४ जना निर्विरोध निर्वाचित भएपछि पाण्डे समुह आत्तिएका हुन् ।

सञ्चार उद्यमी समेत रहेका कुँवर बर्तमान कार्य समितिको बरिष्ठ उपाध्यक्ष हुन् । क्यानलाई महासंघको अवधारणामा लैजान कुँवरको योगदान अतुलनीय भएकोले उनका पक्षमा बहुमत सदस्यहरुले मतदान गर्ने क्यानका एक सदस्यले बताए ।

Individual Candidate of Computer Association Nepal Federation Cadidate

‘सुचना र प्रविधिको क्षेत्रमा काम गर्न योग्य ब्यक्ति भनेकै नवराज कुँवर हुन् ।’ एक सदस्यले मकालु खबरसँग भने ।  क्यानको स्थापना कालदेखि नै सक्रिय रहेका कुँवरलाई राजधानीमा मात्र खुँम्चिएको क्यानलाई मोफसलसम्म पुर्याएको जस छ । ‘नवराज कुँवरले क्यानलाई देशब्यापी बनाउन जुन योगदान गरे अर्को पक्षले खासै गरेको छैन । त्यस कारण यस पटक मोफसल देखि राजधानीका सबै भोट कुँवर पक्षलाई जाने दुई मत छैन ।’ क्यान सदस्यको दावि छ ।

क्यानको केन्द्रिय समितिको ४२ सदस्य मध्ये कुँवर समुहका १४ जना नै निर्विरोध निर्वाचित भएपछि अहिले पाण्डे समुह अत्तालिँदै ‘महिलालाई एक पटक अवसर दिनुपर्ने’ भन्दै सहानुभूति बटुल्न खोजिरहेका छन् । महिला भनेर सहानुभूति समेटेर जाने हो भने, क्यान अगाडी बढ्न सक्दैन । सरकारले सुचना र प्रविधिको क्षेत्रमा विशेष काम गर्ने योजना बनाइरहँदा निजी क्षेत्रलाई समेत समेटेर लैजाने वातावरण बनाउन योग्य र भिजन भएको नेतृत्व चाहिन्छ ।

‘१९९२ मा सुचना र प्रविधिको क्षेत्रमा काम गरिरहेका दुई चार जनाबाट शुरु भएको संस्थालाई चलायमान गराउन तथा राज्यले लिएको डिजिटल नेपालको नितीलाई सफल बनाउन निजी क्षेत्रबाट  प्रतिनिधित्व गर्न सक्षम र अनुभवी ब्यक्तिको आवश्यक्ता पर्दछ । जुन क्षमता नवराज कुँवरसँग मात्र देखिएको छ ।

‘महिलालाई एक पटक अवसर दिनुपर्ने’ भन्दै इमोशनल ब्ल्याकमेल गर्दै नेतृत्वमा आउन चाहनेसँग सुचना र प्रविधिको क्षेत्रमा राज्यले लिएको नीति अवलम्बन गर्न गराउन सक्ने क्षमता छैन ।

पाण्डे समुहसँग क्यानलाई अगाडी बढाउन स्पष्ट भिजन नहुँदा पाण्डे समुहलाई बोकेर हिँड्ने केही पूर्व अध्यक्षहरुले कुँवर समुहले क्यानलाई अनावश्यक रुपमा राजनीतिकरण गरेको आरोप लगाउँदै हिँडिरहेका छन् । तर, कुँवर पक्षका एक सदस्यका अनुसार उनी २५ वर्षदेखि सुचना र प्रविधिको क्षेत्रमा काम गर्ने इमान्दार ब्यवसायी तथा सुचना र प्रविधिका क्षेत्रको सफल लिडर हुन् ।

क्यानलाई अगाडी बढाउन र ब्यवसायिक हक अधिकारका लागि मात्र हैन, यतिबेला मुलुकलाई सुचना र प्रविधिको क्षेत्रमा अगाडी बढाउन पनि क्यानमा सफल ब्यक्तिको आगमन आवश्यक छ । सँगै राज्यसँग समुचित लविङ गरी मुलुकलाई निजी क्षेत्रबाट सुचना र प्रविधिको विकास गर्न स्पष्ट भिजन भएको ब्यक्तिको आवश्यक छ । जुन पाण्डे पक्षसँग अभाव देखिएको छ ।

भोली हुने निर्वाचनमा कुँवर पक्षसँग क्यानमा लामो समयदेखि काम गरेका, आइटी क्षेत्रमा लामो अनुभव हासिल गरेका बौद्धिक र युवाहरुको बाहुल्यता छ ।

कम्प्युटर क्षेत्रमा नेपालमै पहिलो पिएचडी गर्ने प्रा.डा. शुवर्ण शाक्य पनि छन् । सानीमा बैंकका डिजिटल बैंकिङ हेड, नेपाल आइजिएफका उपाध्यक्ष, एप्निकका उपाध्यक्ष आइसोक नेपालका पूर्व अध्यक्ष समेत रहेका बिक्रम श्रेष्ठ समेत कुँवर समुहमा छन् । यस्तैगरी सफ्टवेयर इन्डष्ट्रीका हिरो, इजोन इन्टरनेशनलका अध्यक्ष दामोदर अधिकारी पनि कुँवर पक्षमा रहेकोले यस पटक कुँवरले क्यानलाई नेतृत्व लिने सुनिश्चित देखिएको छ ।

Source: Click Here


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *