क्यान महासंघको अध्यक्षमा नवराज कुँवर बिजयी, पहिलो पटक काठमाडौं बाहिरबाट नेतृत्व

13th president of can federation

काठमाडौं, मंसिर ८

कम्प्यूटर एसोसिएसन अफ नेपाल महासंघ(क्यान महासंघ)को शनिवार नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा अध्यक्ष पदमा नवराज कुँवरले जित हासिल गरेका छन् । हिजो १३ औं कार्यसमितिको निर्वाचनमा प्रतिष्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन् । शनिवार राती अबेर सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्ष पदमा कुँवरले जित हात पारेका हुन् ।

President Of CAN Federation

निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ । यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन जोशी र राजेन्द्र अर्याल विजयी भएका छन् ।

त्यस्तै संस्थागत समूहतर्फ पाण्डे प्यानल विजयी भएको छ । यसअन्तर्गत अरुण वंशल, उमेश रघुवंशी, रञ्जित पोदार र बुद्धरत्न मानन्धर विजयी भए । संस्थागत महिलातर्फ यसअघि नै कुँवर पक्षबाट शर्मिला भुजेल र पाण्डे तर्फबाट सरिता सिंह र रेभा राजभण्डारी निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै व्यक्तिगत आजीवन सदस्यतर्फ पाण्डे प्यानलकै हेमपाल श्रेष्ठ, सुमनलाल प्रधान र अमित अग्रवाल विजयी भए । उनीहरूले कुँवर समूहबाट उठेका प्रा.डा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामाेदर अधिकारीलाई पराजित गरे ।

त्यस्तै व्यक्तिगत साधारण समूहमा कुँवर समूहका खुशल रेग्मीबाहेक सबै सदस्य पाण्डे प्यानलबाट निर्वाचित भएका छन् । यसअन्तर्गत पाण्डे समूहका रेगबहादुर भण्डारी, चन्द्रविलास भुर्तेल, श्रीधर मरासिनी विजयी भएका छन् । व्यक्तिगत महिलातर्फ पाण्डे प्यानलका सुस्मा शर्मा र गुणकेशरी प्रधान र कुँवर प्यानलकी रत्नतारा वैद्य यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश ४ बाट कास्कीका जगनबहादुर गुरुङ र बागलुङका कृष्ण पौडेल विजयी भए । यी दुवै पाण्डे प्यानलबाट विजयी भएका हुन् ।

त्यस्तै प्रदेश ३ मा कुँवर प्यानलका शेखरनाथ दुलाल (काभ्रे) र भानु शर्मा (चितवन) निर्वाचित भए ।

प्रदेशतर्फ दिपेन्द्रकुमार सिंह र भुपालदास श्रेष्ठ प्रदेश २, रेशम गिरी र ध्रुवराज शर्मा प्रदेश ५, दलबहादुर खड्का र भीम मल्ल कर्णाली प्रदेश र हर्क सेट्टी र खेमराज ढुंगाना सुदुरपश्चिम प्रदेशबाट निर्विराेध निर्वाचित भएका छन् । उनीहरू सबै कुँवर प्यानलका हुन् । त्यस्तै ठाकुरकुमार श्रेष्ठ र भुपेन्द्र मैनाली प्रदेश नं. १ बाट निर्विरोध भएका छन् । श्रेष्ठ र मैनाली भने पाण्डे प्यानलका हुन् ।

वस्तुगत सदस्य समूहबाट यसअघि नै कुँवर प्यानलबाट नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जिवी अधिकारी, प्रताप सापकोटा निर्विराेध निर्वाचित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here