बुद्ध एयरको ‘भ्यालेन्टाइन अफर’: एउटा टिकट किन्दा अर्को फ्री

Buddha Air Valentine Offer
Share It On:

२७ माघ, काठमाडौं ।

बुद्ध एयरले फेब्रुअरी १४ का दिन मनाइने प्रणय दिवस (प्रेम दिवस)लाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको छ।

Buddha Air Valentine Offer

यस अफरमा बुद्ध एयरले एकजना यात्रुलाई झ्याल र अर्कोलाई त्यससँगैको सिट दिनेछ। बुद्धले पर्वतीय उडानमा एउटा टिकट किन्दा अर्को टिकट छुट दिएको जनाएको छ।  पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ।

उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफको फूल तथा चियाको मीठो खाजा खानाका लागि डिस्काउण्ट भउचर दिइने बुद्ध एयरले जनाएको छ।

यसैगरि गोलाप्रथाबाट छानिने तीनजना जोडी यात्रुका लागि दलाई-ला-बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरुका लागि डिस्काउण्ट भउचर प्रदान गर्ने बुद्ध एयरले जनाएको छ।

५ जना जोडी यात्रुलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट उपलब्ध गराइने जनाउँदै बुद्ध एयरले यस अफरको टिकट बुद्ध एयरको काउण्टरबाट लिन सकिने जनाएको छ। उडानमा जोडी यात्रुलाई चकलेट, गुलाबको फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउन्ट भउचर समेत दिइने बताइएको छ।

For More:-Buddha Air Valentine Offer


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *