ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट पाइने

Brother Printers Discount Nepal
Share It On:

१७ माघ, काठमाडौं ।

नेपाली बजारको सर्बाधिक लोकप्रिय प्रिन्टर ब्राण्ड ब्रदरले आफ्ना ग्राहकहरुलाई ५० प्रतिशत सम्म छुट दिने भएको छ । विश्व बजारमा भर्खरै लन्च गरिएका ब्रदर टोनर वक्स सिरिजका प्रिन्टरले बजारमा निरन्तर नेतृत्व गर्न सफल भए ।

अत्यन्त न्यून प्रिन्टिङ् लागतका कारण ब्यावसायिक उपभोक्ता तथा इन्टरप्राईजहरुको पहिलो रोजाईमा पर्न सफल टोनर बक्स सिरिजका प्रिन्टर पछिल्लो अपडेट सहित नेपाली बजारमा ब्रदरको आधिकारीक विक्रेता सागर ग्रुपले लन्च गरेको हो ।

जापानी उत्पादक ब्रदर इन्टरनेशनल कर्पोरेशनद्वारा उत्पादित ब्रदर प्रिन्टर नेपाली बजारमा निकै लोकप्रिय छन् । स्मार्ट लुक्स, ड्युरेविलिटी, कम लागतमा उत्कृष्ट प्रदर्शन, उच्च टोनर क्षमता, इको–फ्रेन्डली डिजाइन, ब्रदर प्रिन्टरका प्रमुख विशेषता हुन् ।

ब्रदरका लोकप्रिय टोनर बक्स सिरिजअन्तर्गत Brother DCP-B7620DW 3-in-1 Laser Printer-Mono, Brother DCP-B7640DW 3-in-1 Laser Printer-Mono Brother MFC-B7810DW Laser MFC Printer- Mono मोडलका प्रिन्टर रहेका छन् ।

यस्तै, उक्त सिरिजमै Brother HL-B2100D Laser Printer-Mono, Brother HL-B2150W Laser Printer-MonoBrother HL-B2180DW Laser Printer-Mono मोडलका प्रिन्टर पनि रहेका छन् ।

ब्रदर प्रिन्टर नेपाली उपभोक्ताले अत्याधिक रुचाएका र आर्थिक रुपमा सर्बाधिक किफायती मानिएका प्रिन्टर पनि हुन् । ब्रदरलाई नेपाली उपभोक्ताको पहुँचमा अझ नजिक पुर्याउँदै नेपाली उपभोक्तालाई आर्थिक रुपमा थप लाभान्वित गराउने प्रमुख उदेश्यका साथ नेपालका लागि ब्रदरको आयातकर्ता सागर ग्रुपले ब्रदरका प्रिन्टरमा प्यारेन्ट कम्पनी सँगको सहकार्यमा विशेष छुटको घोषणा गरेको छ ।

“नेपाली उपभोक्तालाई हामी अधिकतम रुपमा लाभान्वित गराउन इच्छुक छौं ।” सागर समूहका भाईस चेअरपर्सन बुद्ध लक्ष्मी मानन्धर भन्छिन्, “ब्रदर आफ्ना उपभोक्तालाई हर तरहले सन्तुष्ट राख्न हमेसा प्रयत्नशिल रहँदै आएको छ ।” उनका अनुसार यो सिरिज अन्तर्गतका ब्रदर प्रिन्टर खरिद गर्दा ५० प्रतिशत सम्मको छुट पाइने छ।

न्यूनतम २० प्रतिशत छुट भने उपभोक्ताले ब्रदरका जुनसुकै प्रिन्टर मा स्योर सट प्राप्त गर्नेछन् । यो छुट ब्रदर टोनर सिरिजको लन्चको अवसर पारेर सागर ग्रुपको कर्पोरेट हाउस (Baleyo Experience Center) कलंकीमा आगामी माघ २3 देखी २९ गते सम्म आयोजना गरिने बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायलमा प्रदान गरिनेछ ।

सागर ग्रुपले करिव दुई दशक यता नेपाली बजारमा निरन्तर आयात तथा बिक्री वितरण गर्दै आएको ब्रदर प्रिन्टर बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । प्रतिस्पर्धी मूल्यमै ब्रदरका गुणस्तर प्रिन्टर उपलब्ध भएकाले यसको माग बजारमा उच्च रहेको कम्पनीले बताएको छ ।

प्रिन्टरमा कुनै पनि किसिमको समस्या आएमा सर्भिस सेन्टरले तुरुन्त मर्मत गरिदिने, तोकिएको वारेन्टी अत्यन्तै सहजताका कार्यान्वयन गर्ने र यथेष्ठ स्पेयर्स पार्टस् स्टकमै राख्ने भएकाले पनि ब्रदरका प्रिन्टरको डाउन टाईम अत्यन्तै कम रहेको उपभोक्ताहरु स्वयं बताउँछन् ।

ब्रदरले ग्राहक सेवामा देखाएको प्रतिबद्धताका कारण पनि ब्रदर प्रिन्टर प्रति आम उपभोक्ताको क्रेज चुलिँदै गएको हो ।

यहाँ स्मरणीय छ, ब्रदरका उत्पादनहरु अनलाइनबाटै अर्डर गर्न सकिने व्यवस्था रहेकाले प्रिन्टर खरिद गर्न चाहनेहरूका लागि निक्कै सहज भएको छ । ग्राहकले बेलियो डट कम (baleyo.com) मा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसमेत सक्नेछन् ।

For more: Brother Printers Discount in Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *