सागर ग्रुपले माघ २४ गते देखि माघ २९ गते सम्म ब्रदर प्रिन्ट एक्स्पो २०२३ आयोजना गरेको छ । आफ्नो ब्रान्ड तथा प्रडक्टहरूको विशेषता, यसको प्रयोग लगायत वर्तमान समयमा आएको प्रविधि विकास बिस्तारबारे परामर्श दिने उद्देश्यले काठमाडौँको न्युरोड गेटमा रहेको कम्पनीकै कर्पोरेट सेल्स अफिस आइ.टी. टावर मार्फत ब्रदर प्रिन्ट एक्स्पो २०२३ आयोजना गरेको हो ।
सागर ग्रुप विगत २६ वर्ष देखि नेपाली आईटी प्रडक्ट सम्बन्धी बिक्री, वितरण तथा बिक्री पछि सेवा दिँदै आएको कम्पनी हो । कम्पनीको “Possibilities – Unlimited ” नारासहित नेपाल भरि अन्तर्राष्ट्रिय झन्डै १२ ब्रान्ड र सफ्टवेयर सोलुसन मार्फत नेपाली बजारमा लाखौँ ग्राहक लाई सन्तुष्ट बनाउँदै आएको छ।
यसै क्रममा सागर ग्रुपको नेपाल भर आफ्नै डिलर, कर्पोरेट कार्यालय र ग्राहकहरू रहेका छन् । कम्पनीको अनलाइन सुविधाको लागि बलियो डट कम (www.baleyo.com) मार्फत पनि अनलाइन खरिद परामर्श लिन सकिन्छ ।
brother Print Expo 2023 का मुख्य आकर्षण हरू :-
सागर ग्रुपको अन्तर्राष्ट्रिय १२ Brand तथा Product हरूको प्रतिनिधित्व गर्ने गरी प्रदर्शनी भइरहेको छ ।
नेपालको लागि ब्रदर ब्रान्डको एक मात्र आधिकारिक बिक्रेता सागर ग्रुपले ब्रदर ब्रान्डको सम्पूर्ण Product प्रदर्शनी सहित प्रिंटिंग सम्बन्धी सोलुसनको सेवा दिएको छ ।
नेपाल भर बाट कम्पनीको डिलर तथा बिजनेस पार्टनर हरू उपस्थिति रहेको छ ।
प्रविधिको प्रयोग तथा समस्या समाधानको लागि निःशुल्क प्राविधिक टोलीको व्यवस्था रहेको छ ।
विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरूको लागि सागर ग्रुपको अनुभवी सेल्स टिम बाट परामर्श तथा प्रदर्शनी गरिनुका साथै सफ्टवेयर, साइबर सेक्युरिटीको बारे चेतना वृद्धि गराइएको छ ।
पछिल्लो समय आएको सूचना प्रविधिको विकास तथा प्रवर्द्धन सम्बन्धी जन चेतना र ज्ञानको आदान प्रदान गरिएको छ ।
अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका उपहार, छुट तथा अफर दिइएको छ ।
मंगलबारदेखि सुरु भएको यस मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको छ । आइतबार सम्म चल्ने यस मेलामा डिलर तथा बिजनेस पार्टनर हरूलाई विशेष प्रोत्साहन साथै अवलोकनकर्तालाई आकर्षित गर्न २०% देखि ५०% प्रतिशतसम्म छुट दिइएको छ ।