ब्रिटिश मोडल कलेजका विद्यार्थीहरूले निकाले उत्कृष्ट क्याम्ब्रिज परीक्षा नतिजा
२९ साउन, काठमाडौं।
ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी)ले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट नतिजा निकालेको छ ।
‘मे–जुन एक्जामिनेसन सिरिज–२०२६’मा सहभागी भएका १०६ जना विद्यार्थीमध्ये ९४ प्रतिशत विद्यार्थी उत्तिर्ण भइ उत्कृष्ट नजिता दिएका हुन् ।
नतिजाअनुसार सात जना विद्यार्थीले लगातार एप्लस र ३३ जना विद्यार्थीले लगातार ए ग्रेड हासिल गरेका छन् । कलेजका अनुसार विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता तथा कलेजले प्रदान गर्दै आएको सहयोगी सिकाइ वातावरणलाई प्रतिबिम्बित गरेको छ ।
उक्त उपलब्धि विद्यार्थीहरूको महिनौंदेखिको निरन्तर तयारी, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको निरन्तर प्रोत्साहन र सहयोगको परिणाम भएको कलेजले एक सूचनामार्फत जनाएको छ ।
विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान गर्दै उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने वातावरण निर्माणमा सम्पूर्ण बीएमसी परिवारको महत्त्वपूर्ण योगदान रहेको पनि कलेजले पुष्टि गरेको छ ।
ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजन कुमार राईले भने,‘यस उल्लेखनीय उपलब्धिका लागि हाम्रा विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छु। साथै, विद्यार्थीहरूको सफलतामा महत्त्वपूर्ण योगदान पु¥याउने समर्पित शिक्षकहरू तथा सहयोगी अभिभावकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।
यो ब्रिटिश मोडल कलेज र सम्पूर्ण ब्रिटिश एजुकेसन ग्रुपका लागि गर्वको क्षण हो। यस उपलब्धिले विद्यार्थीहरूमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र
महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ उनले अगाडि भने,‘ बीएमसी तथा ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत युवा पुस्तालाई सक्षम बनाउँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल हुन आवश्यक आधार प्रदान गर्न निरन्तर प्रतिबद्ध छौँ। हामी हाम्रा विद्यार्थीहरूप्रति अत्यन्त गर्व गर्दछौँ र उनीहरूको आगामी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।’
एलेभल पूरा गर्ने विद्यार्थीहरूका लागि प्राप्त नतिजा उच्च शिक्षातर्फको आगामी यात्रा तथा भावी करियरका लागि महत्त्वपूर्ण कोसेढुङ्गा बनेको पनि राईले प्रतिक्रिया दिए ।
For More: British Model College students

