boAt ले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै अब नेपालमा पनि boAt– अग्रणी अडियो वेयरेबल ब्रान्ड

boAt Nirvana Series Nepal
Share It On:

१७ असार, काठमाडौं ।

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड boAt ले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ, जसले ब्रान्डको अन्तर्राष्ट्रिय यात्रामा एक महत्वपूर्ण उपलब्धिको संकेत गर्दछ ।

boAt Nirvana Series Nepal Launch

यद्यपि boAt ले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ, अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको छ ।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

boAt ले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वासलाई प्रमाणित गर्दछ ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । boAt छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गर्दछ । टेलिटकले नेपालमा दूरसञ्चार र उपभोक्ता इलेक्ट्रोनिक्सको द्रुत रूपान्तरण भइरहेको परिवेशमा काम गर्दै आएको छ ।

बलियो वितरण सञ्जाल र विश्वव्यापी साझेदारीको माध्यमबाट कम्पनीले नेपाली उपभोक्तालाई नवप्रवर्तनयुक्त प्रविधि उत्पादन प्रदान गरिरहेको छ ।

boAt का सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने:-

“नेपाल सधैं हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं । हाम्रो प्रिमियम ‘निर्भाना’ सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौं ।”

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भने:-

“यस औपचारिक घोषणासँगै, boAt ले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको छ, जसअनुसार ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ र आफ्नो तिव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछ ।”

भारतमा बोटको चमत्कारी विस्तारलाई नेपालमा पनि समान रूपमा प्रतिबिम्बित गरिएको छ । नवप्रवर्तन, डिजाइन र सामुदायिक संलग्नताप्रति boAt को निरन्तर प्रतिबद्धताले यसको क्षेत्रीय र विश्वव्यापी विस्तारलाई निरन्तर गति दिइरहेको छ ।

इम्याजिन मार्केटिङ लिमिटेडको बारेमाः-

भारतमा दर्ता गरिएको इम्याजिन मार्केटिङ लिमिटेड (आईएमएल) ले “ boAt ” ब्रान्ड अन्तर्गत अडियो, वेयरेबल्स र चार्जिङ समाधानहरू सहितको उत्पादन पोर्टफोलियो प्रदान गर्दछ । इम्याजिनको छातामुनि स्थापना गरिएको boAt ले अडियो उद्योगमा क्रान्ति ल्याउँदै, सन् २०२४ को क्यालेन्डर वर्षमा मूल्य र परिमाण दुवैमा भारतको व्यक्तिगत अडियो ब्रान्डहरूको सूचीमा नम्बर १ स्थान हासिल गरेको छ (स्रोतः रेडसियर रिपोर्ट) ।

boAt को पोर्टफोलियोमा जीवनशैली–अनुकुल, प्रविधि–सक्षम र राम्रो डिजाइन भएका उत्पादनहरू समावेश छन् जुन युवा तथा डिजिटल रूपमा सक्षम उपभोक्तालाई लक्षित गरिएको छ । आईएमएलले क्वालकॉम–पावर्ड उत्पादनहरू र डल्बी–इनेबल्ड अडियो विशेषताहरू मार्फत नवप्रवर्तन गर्दै आएको छ ।

कम्पनीमा साउथ लेक इन्भेस्टमेन्ट लिमिटेड (वारबर्ग पिन्कस समूहको सहायक संस्था), क्वालकॉम भेन्चर्स एलएलसी र फायरसाइड भेन्चर्स इन्भेस्टमेन्ट फण्ड १ (फायरसाइड इन्भेस्टमेन्ट ट्रस्ट अन्तर्गतको स्किम) को लगानी रहेको छ ।

For More:-boAt Nirvana Series Nepal Launch


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *