एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
८ असार, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सुर्खेतबाट पक्राउ पक्राउ गरेको छ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई सोमबार साँझ करिब साढे ५ बजे सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।
पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए । उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
For More:-Bishnu Paudel Arrested Nepal


