भोटेकोशी बाढी: एनसेलको निःशुल्क सेवाबाट ३ लाखभन्दा बढी प्रभावित लाभान्वित
१६ भदौ, काठमाडौं।
विनाशकारी भोटेकोशी बाढीपछि गत बुधबारदेखि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाको लाभ ३ लाखभन्दा बढी प्रभावित क्षेत्रका ग्राहकहरूले लिएका छन्।
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी कम्पनीले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा सञ्चालन गर्दै आएको छ।
बाढी आउनुअघिको सात दिनमा ती क्षेत्रमा सक्रिय रहेका ग्राहकहरू यो सेवाका लागि योग्य छन्। सुरुमा तीन दिनका लागि घोषणा गरिएको यो सेवा अवधि पछि थप सात दिनका लागि बढाइएको थियो।
कम्पनीका अनुसार प्रभावित ग्राहकहरूले प्रयोग गरेको यस निःशुल्क सेवाको कुल मूल्य आइतबार सम्ममा १ करोड रुपैयाँभन्दा बढी पुगिसकेको छ।
बाढी र पहिरोका कारण फाइबर लिंकमा क्षति पुग्दा नुवाकोट, रसुवा र धादिङका २७ वटा टावर प्रभावित भएका थिए जसमा आइतबारसम्म २४ वटा साइट पुनः सञ्चालनमा आइसकेका छन्।
संकटको यस घडीमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भनी ब्यालेन्स नभएका कारण बन्द भएका २५ हजारभन्दा बढी सिमकार्डहरूमा समेत सेवा पुनः सक्रिय गराइएको छ।
यस आपतकालीन सहयोगले प्रभावितहरूलाई परिवारसँग जोडिन तथा उद्धार र राहतका लागि सहजता प्रदान गरेको छ।
For More: Ncell Free Telecommunication Service

