मुक्तिनाथ विकास बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कारद्धारा सम्मानित

Muktinath Development Bank

आईतबार, साउन ४, २०७७

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान -NFRS_ प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७५ /०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (Best Presented Annual Report Award) मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)  विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो ।

विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (Public and Private Sector ) वित्तीय क्षेत्र ३. बीमा क्षेत्र  ४. सार्वजनिक क्षेत्र ईकाइ ५. सामान्य क्षेत्र रहेका छन् ।

विकास बैंक र वित्तकम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्क्षयको सपथ ग्रहण समारोहमा उक्तपुरस्कार प्रदान गरेको थियो ।

उक्त समारोहका विशेष अतिथिम हालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आईरहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here