बर्जर जेन्सन एण्ड निकोल्सन नेपालले प्राप्त गर्‍यो ISO प्रमाणपत्र

Berger Nepal ISO Certification
Share It On:

८ फागुन २०८१, काठमाडौं ।

नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन नेपालले गुणस्तर व्यवस्थापनको लागि ISO ९००१: २०१५, वातावरणीय व्यवस्थापनको लागि ISO १४००१: २०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ISO ४५००१: २०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।

TÜV NORD CERT GmbH  द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गर्दछन् ।

यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गर्दछन् ।

बर्जर नेपालका कन्ट्री मेनेजरले भने, “हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौं । यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।”

यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन ९नेपाल० प्रा।लि।ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनस् पुष्टि गर्न सफल भएको छ ।

For more: Berger Nepal ISO Certifications


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *