सुबिसुको सेवा आज साँझबाट सुचारु हुने
काठमाडौं, साउन २२
आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार साँझबाट सुचारु हुने भएको छ। बुधबार दिउँसो भिषण आगलागी हुँदा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको सेवा अवरुद्ध भएको थियो। आगो फैलिनमा सबैभन्दा बढी भूमिका रिजर्भमा राखिएको पेट्रोलियम पदार्थले दियो । करिब २ हजार लिटर पेट्रोलियम पदार्थ रिजर्भमा थियो जसले बालुवाटारलाई बुधवार मध्यान्न धुँवामय बनायो ।
आगलागीबाट सुबिसुको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। आगलागीमा मानवीय क्षति भने नभएको बताइएको छ ।
प्रभावित सेवाग्राहीलाई पनि छिटोभन्दा छिटो सेवा दिने गरी बुधबारदेखि निरन्तर काम गरिरहेको सुबिसुले बताएको छ। सुबिसुका अनुसार क्रमशः सेवा सुचारु हुँदै पनि गएका छन्। अवरुद्ध सबै सेवा २४ घण्टाभित्रै पुनः सञ्चालन गरिसक्ने गरी काम भइरहेको पराजुलीको भनाइ छ।
सुबिसुको बालुवाटार कार्यलयभित्रका करिब ९० करोड रुपैयाँ बराबरको इक्युपमेन्टको बीमा भएको छ। यो आगलामीमा कति क्षति भएको छ भन्ने बारेमा भने सामानको मूल्यांकन र क्षतिको पूर्ण विवरण संकलन गरेपछि मात्रै भन्न सकिने पराजुलीले बताए।