चाडपर्वमा बजाज REGO इलेक्ट्रिक थ्री-व्हीलरमा आकर्षक अफर: ५० हजार छुट र ३० हजार अतिरिक्त एक्सचेन्ज भ्यालु!
१३ कात्तिक, काठमाडौं।
बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज REGO (Bajaj REGO) इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।
“चाडपर्वको बहार, REGO मा ५० हजार!” नारासहित ल्याइएको यस अफरले नेपाली ग्राहकहरूलाई थप सहज र किफायती दरमा नयाँ इलेक्ट्रिक थ्री-व्हीलर खरिद गर्ने अवसर प्रदान गर्दछ।
बजाज REGO चाडपर्व अफरका मुख्य आकर्षणहरू
रु. ५०,० हजार नगद छुट: नयाँ बजाज REGO खरिद गर्दा ग्राहकहरूले सोझै रु. ५०,००० नगद छुट प्राप्त गर्नेछन्। रु. ३०, हजारसम्मको अतिरिक्त एक्सचेन्ज भ्यालु: पुरानो सवारीसाधन साटेर नयाँ बजाज REGO लिन चाहने ग्राहकका लागि मूल्याङ्कनमा रु. ३०,००० सम्मको अतिरिक्त बोनस सुविधा।
६ वर्ष वा १,५०,००० कि.मी. वारेन्टी: लामो समयसम्म ढुक्क भई चलाउनका लागि ६ वर्ष वा १,५०,००० किलोमिटर (जे पहिले आउँछ) को उत्कृष्ट वारेन्टी। सजिलो ३६ महिने EMI र फाइनान्स: खरिद प्रक्रियालाई सहज बनाउन हुलास फिनसर्भ हायर पर्चेज लि. (HFL) मार्फत सरल फाइनान्स र ३६ महिनाको EMI सुविधा उपलब्ध छ।
बजाज REGO इलेक्ट्रिक थ्री-व्हीलरका विशेषताहरू
बजाज REGO आधुनिक डिजाइन, शक्तिशाली इलेक्ट्रिक मोटर र सुरक्षित लिथियम आयन (LFP) ब्याट्री प्रविधिमा आधारित छ। यसका प्रमुख विशेषताहरू:
उत्कृष्ट रेन्ज: एक पटकको पूर्ण चार्जमा १३० देखि १४० किलोमिटर सम्मको व्यावहारिक रेन्ज। आधुनिक राइडिङ मोडहरू: आवश्यकता अनुसार प्रयोग गर्न सकिने इको (Eco) र पावर (Power) मोड।
सुरक्षा र प्रविधि: स्मार्ट रिजनरेटिभ ब्रेकिङ र उकालोमा सहज चलाउन हिल होल्ड असिस्ट। कम सञ्चालन खर्च: इन्धनको बचत र आरामदायी यात्राले व्यावसायिक प्रयोगका लागि अत्यधिक फाइदाजनक।
थप जानकारी तथा टेस्ट राइडका लागि नजिकैको बजाज तीनपाङ्ग्रे आधिकारिक शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ।
For more: Bajaj WEGO Electric Three-Wheeler Festive Offer

