त्रिपुरेश्वरमा गुडिरहेको बजाज पल्सर मोटरसाइकलमा आगलागी
७ वैशाख, काठमाण्डौ।
त्रिपुरेश्वरको सडकमा गुडिरहेको अवस्थामा मोटरसाइकलमा आगलागी भएको छ । सुनधाराबाट त्रिपुरेश्वरतर्फ गइरहेको बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा सोमबार गुडिरहेको अवस्थामा आगलागी भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालक ३८ वर्षीय अमृत रेग्मीले चलाएको मोटरसाइकलमा गुडिरहेको अवस्थामा आगलागी भएको हो ।
प्रारम्भिक विवरणअनुसार मोटरसाइकल चलाइरहेका चालकले अचानक इन्जिन भागबाट धुवाँ र आगो देखेपछि तत्काल रोक्ने प्रयास गरेका थिए ।
तर केही सेकेन्डमै आगो तीव्र रूपमा फैलिँदै गएपछि नियन्त्रण गर्ने प्रयास सफल हुन सकेन । मानवीय क्षति नभएको तर मोटरसाइकल भने पूर्ण रूपमा क्षति भएको जनाइएकाे छ ।
For More:-Bajaj Pulsar Fire Tripureshwor


