नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६: पोखरामा भव्य सवारी प्रदर्शनी हुने, स्टल बुकिङ्ग खुल्ला
१२ फागुन, काठमाडौँ।
पर्यटकीय राजधानी पोखरामा पुनः एकपटक सवारी साधनको कुम्भ मेला ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। पहिलो संस्करणको भव्य सफलतापछि, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (NADA) को प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनले यस दोस्रो संस्करणको आयोजना गर्न लागेको हो।
मुख्य आकर्षण र मिति यो प्रदर्शनी आगामी चैत्र ११ देखि १५ गतेसम्म पोखरा लेकसाइडस्थित तालबाराही चोकको खेल मैदानमा संचालन हुनेछ। सवारी साधनको आधुनिक प्रविधि, नयाँ मोडलहरू, र अटोमोबाइल क्षेत्रमा भइरहेका विकासका बारेमा जानकारी दिन यो शो एउटा उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिइएको छ।
स्टल बुकिङ्ग सम्बन्धी जानकारी प्रदर्शनीमा सहभागी हुन चाहने साना, मझौला तथा ठूला सवारी साधन विक्रेता, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सम्बन्धित व्यवसायीहरूका लागि आज फागुन १२ गते देखि १९ गते सम्म स्टल बुकिङ्ग खुल्ला गरिएको छ।
यस कार्यक्रमको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज् प्रा.लि. ले गर्नेछ। इच्छुक कम्पनीहरूले स्टल बुकिङ्गका लागि ९८०१५४१५७३ मा सम्पर्क गर्न वा इमेल मार्फत बुकिङ्ग प्रक्रिया अगाडि बढाउन सक्नेछन्।
सवारी धनी र सम्भावित ग्राहकहरूका लागि यो मेला एक विशेष अवसर हुने आयोजकको ठहर छ।
For more: Auto Show 2026 in Pokhara


