नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ नेपाली बजारमा

Ascenso Tyre in Nepal

२४ माघ २०७८, काठमाडौं ।

नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिले देखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो ।

आज आयोजित एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गरे । सो अवसरमा अध्यक्ष सिंहले भने, ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ ।

गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।

डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भने, ‘हामीले नेपाली ग्राहकको चाहना अनुरुपका विश्व स्तरीय टायरहरु उपलब्ध गराउदै आएका छौ । यसैको निरन्तरताको रुपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं ।’ उनले यो ब्रान्ड नेपाली बजारमा रुचाइने अपेक्षा समेत गरे ।

यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

भारतमा महंसरिया टायर्स प्रालिले एसेन्सो टायर उत्पादन गर्दै आएको छ । भारतको प्रतिष्ठित महंसरिया परिवारद्वारा सञ्चालित यो तेस्रो उद्यम हो । बाबुछोरा अशोक महंसरिया र योगेश महंसरियाको ज्ञान, अनुभव र सफल ट्रयाक रेकर्ड यसमा प्रयोग भएको छ । तीन दशक भन्दा लामो समय देखि उनीहरुले विश्वमै लोकप्रिय अन्य दुई टायर ब्रान्ड समेत उपलब्ध गराइसकेका छन् ।

भारतको गुजरातस्थित पनौलाीमा अवस्थित अत्याधुनिक प्लान्टमार्फत यी टायर उत्पादन हुन्छन् । १२७ एकड जमिनमा फैलिएको यो प्लान्टको उत्पादन क्षमता वार्षिक ७० हजार मेट्रिक टन हुनेछ । हाल यो ४० हजार मेट्रिक टन क्षमतामा सञ्चालित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here