१२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरमको भोली काठमाण्डौंमा उद्घाटन हुने

APrIGF 2021 Plenary
Share It On:

११ असोज २०७८, काठमाडौं ।

इन्टरनेट गभर्नेन्स इन्स्टीच्यूटको मुख्य आयोजना तथा नेपाल इन्टरनेट फाउण्डेशन, इन्टरनेट एक्सचेन्ज नेपाल र इन्टरनेट सोसाईटी नेपालको आयोजनामा यहि सेप्टेम्बर २७ देखि ३० तारिख सम्म १२ औं एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरम (APrIGF), , २०२१ बर्णसंकर (हाइब्रिड) मोडलमा हुन लागेको छ ।

यस एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरम (APrIGF), मा इन्टरनेट गभर्नेन्सको बहुआयामिक मुद्दाहरुमा छलफल हुने गर्दछ । यस फोरममा एशिया प्रशान्त क्षेत्र लगायत विभिन्न मुलुकहरुका अन्तर्राष्ट्रिय / बहुराष्ट्रिय सूचना प्रविधि कम्पनीहरु, सरकारी तथा गैर–सरकारी प्रतिनीधिहरु समेत ६०० भन्दा बढि व्यक्तिहरुको सहभागिता हुने गर्दछ । चार दिन सम्म चल्ने यस सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा इन्टरनेट गर्वनेन्सको अवस्था, चुनौती, सम्भावना, समाधान आदिका बारेमा व्यापक छलफल गर्ने गर्दछ । समावेशी, दिगो तथा विश्वसनीय इन्टरनेटकोलागि पहल (Towards an Inclusive, Sustainable and Trusted Internet) मूल नाराका साथ हुन लागेको यस सम्मेलनमा नेपाल दूरसंचार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल, फ्रीडम फोरम नेपाल, फोरम फर डिजिटल इक्वालिटि, नेपाल नेटवर्क अपरेटर्स ग्रुप, इन्फर्मेसन सेक्युरीटी रेस्पोन्स टीम (एनपीसर्ट) र सेन्टर फर साइबर सेक्युरीटि रिसर्च एण्ड इनोभेसन समेतको सहकार्य रहेको छ ।

एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरम ९ब्एचक्ष्न्ँ० को बहुपक्षिय सञ्चालन समुहको १ मे २०१९ मा बसेको बैठकले एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरम, २०२० नेपालमा आयोजना गर्ने सम्बन्धमा औपचारिक निर्णय गरेको भएता पनि कोभिड १९ को विश्वव्यापी महामारीको कारण सन् २०२० मा पूर्णतः भर्चुअल माध्यममा संचालन गरी सन् २०२१ मा पुनः नेपालमा गर्ने निर्णय भएको थियो ।

संयुक्त राष्ट्रसंघको तत्वावधानमा सन् २००३ र २००५ गरी दुई चरणमा सम्पन्न वल्र्ड समिट अन इन्फर्मेसन सोसाईटीको  को परिणाम स्वरुप इन्टरर्नेट गवर्नेन्स फोरमको जन्म भएको हो । वल्र्ड समिट अन इन्फर्मेसन सोसाईटीको पहिलो बैठक स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको थियो भने दोस्रो बैठक सन् २००५ मा ट्युनिसियाको राजधानी ट्युनिसमा भएको थियो । ट्युनिसमा सम्पन्न उक्त सम्मेलनले प्रत्येक वर्ष इन्टरनेट गवर्नेन्समा छलफल गर्न इन्टर्नेट गभर्नेन्स फोरमको आयोजना गर्न राष्ट्रसंघका महासचिवलाई निर्देश गर्ने निर्णय पारित गरेको थियो । सोहि म्याण्डेट अन्तर्गत क्षेत्रिय तथा राष्ट्रिय पहल को रुपमा एशिया प्रशान्त क्षेत्रीय इन्टरनेट गवर्नेन्स फोरम, गठन भई सन् २०१० मा पहिलो पटक हंगकंगमा यस फोरमको आयोजना भएको थियो ।

हाल कोभिड–१९ को प्रभाव केहि कम भएतापनि पूर्ण रुपमा जोखिम बाँकी नै रहेकोले नेपाली समुदायकोलागि स्वास्थ्य प्रोटोकल कायम राखी भौतिक रुपमा काठमाडौंमा गरी विदेशी सहभागीहरुको लागि भने भर्चुअल माध्यमबाट नै संचालन गरिने तय भएको छ । यहि सेप्टेम्बर २८ (असोज १२) गते हुने औपचारिक उद्घाटना संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गर्नुहुने तय भएको छ । उद्घाटन सत्रमा Covid-19: Internet as a Lifeline विज्ञहरु सहभागि प्यानल छलफल हुनेछ ।

यस सम्मेलन कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नको लागि संयुक्त राष्ट्रसंघ इन्टरनेट गभर्नेन्स फोरम, एपीनिक, आइक्यान, इन्टरनेट सोसाईटी, एफवान सफ्ट इन्टरनेशनल, वल्र्डलिंक कम्युनिकेशन, सुबिसु केबलनेट, भायानेट कम्युनिकेशन्स, नेपाल टेलिकम, लेनदेन सेवा वालेट, खल्ती वालेट, विजबजार डट कम, ठकराल वान, डिजिटल नेटवर्क सोलुसन्स, लज्गा डट कमले आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *