ज्याकमा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको चिकित्सा सामाग्री नेपाल आइपुग्यो

Jack Ma Foundation for Nepal arrived in Kathmandu

१६ चैत २०७६, काठमाडौं ।

ज्याकमा फाउण्डेशन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामाग्रीको पहिलो टीप आज त्रिभुवन अन्तरर्रािष्ट्रय विमानस्थलमा काठमाडौंमा आइपुगेको छ। नेपालको स्वास्थ्य र जनसंख्या मन्त्रालयले उक्त अनुदानको रिसिप्ट लिएको छ र देशभर वितरण गर्नेछ।

Alibaba Foundation Donation Arrives in Nepal to Combat Covid-19
यो वितरण ज्याकमा फाउन्डेसन र अलीबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामाग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागी कुल ७४ लाख मास्कहरु, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु छन्।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूलाई प्रतिनिधित्व गर्दै समारोहमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान प्रदान गरिएको थियो। यस पहलको समर्थन गर्न चीनकी राजदूत सुश्री हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री माननीय भानुभक्त ढकालको पनि उपस्थित हुनुहुन्थ्यो।

“हामी आशा गर्दछौं कि यो अनुदानले नेपाललाई कोविड १९ को फैलावट नियन्त्रण गर्न मद्दत र्पुयाउँछ। हामी विश्व समुदायलाई सहयोग र्पुयाउन सक्दो प्रयास गरिरहेका छौं। आवश्यक परको ठाँउहरुमा चिकित्सा सामाग्री र्पुयाउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं।”– ज्याकमा फाउन्डेसन
यी दानहरू अलिबाबा फाउण्डेशन र ज्याकमा फाउन्डेशनले कोविड १९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकाका देशहरूमा गरेको विभिन्न प्रकारका चिकित्सा सामाग्री सहयोग मध्ये एक हुन्। अधिक पहल र दानहरू आउँदो दिन र हप्ताहरूमा घोषणा हुन सक्ने छन्।
ज्याकमा फाउंडेशन र अलीबाबा फाउन्डेशनले प्रथम अफिलीएटेडेड अस्पताल झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिन (First Affiliated Hospital, Zhejiang University School of Medicine, FAHZU) का डाक्टरहरू, अन्य मेडिकल प्रशासकहरू र स्टाफबाट केहि मुख्य पाठहरू र अनुभव बटुली एक महत्वपूर्ण चिकित्सा पुस्तिकाको प्रकाशनमा पनि सहयोग प्रदान गरेका थिए। झेजियांग विश्वविद्यालय स्कूल अफ मेडिसिन का डाक्टरहरू चीनमा कोभीड १९ को उपचारलाई सुस्त बनाउन महत्वपूर्ण भूमीका खेलेका थिये।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here