सानिमा बैंक लिमिटेड र पाटन अस्पताल बीच सम्झौता
२९ पुस, काठमाडौं ।
सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको थियो ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आय स्तर भएका महिलाहरुलाई प्रति व्यक्ति रु. बीस हजार (२०,०००)सम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनवीकरण गरिएको हो । सानिमा बैंकले प्रत्येक “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ ।उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पताल सँग यो सम्झौता गरेको हो ।
सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत श्री भुवन कुमार दाहाल र पाटन अस्पतालका तर्फ बाट निर्देशक डा. विष्णु प्रसाद शर्माले हस्ताक्षर गर्नु भएको थियो।
बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत अस्पताललाई उपलब्ध गराउने सो सहयोग रकमले निम्न आयस्तर भएका महिलाहरुको उपचारमा राहत पुग्नुका साथै बैंकको सो कदम प्रशंसनीय रहेको पाटन अस्पतालका निर्देशक शर्माले बताउनु भयो ।