कृषि विकास बैंकद्वारा अपाङ्ग सरोकार केन्द्र बालाजुलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग
२८ असार, काठमाडौं।
कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बालाजुस्थित अपाङ्ग सरोकार केन्द्रका ५४ जना बहुअपाङ्ग, असहाय र घरबारविहीन व्यक्तिहरूका लागि मानवीय सहयोग स्वरूप खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप बैंकले देशभर यस्ता परोपकारी र दिगो विकासका कार्यहरू निरन्तर गर्दै आइरहेको छ।
अपाङ्ग सरोकार केन्द्र बालाजुका अध्यक्ष श्री मोहनलाल कामीज्यूको अध्यक्षता संचालन भएको एक कार्यक्रममा प्रमुख अतिथि उपमहाप्रबन्धक सुशील हुमागाईले सो सहयोग अपाङ्ग सरोकार केन्द्रलाई हस्तान्तरण गर्नु भएको थियोे ।
सो कार्यक्रममा अतिथिको रुपमा बैंकको मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, समाजसेवी हरि दुलाल सहित अपाङ्ग सरोकार केन्द्रमा आश्रय लिनु भएका ५४ जना बहु अपाङ्ग, असाहय पीडित, घरबारविहीन र अपहेलित व्यक्तिहरुको उपस्थिती रहेको थियोे ।
कृषि विकास बैकले नेपाल राष्ट्र बैकको निर्देशनको अधिनमा रही संस्थगत समाजिक उत्तरदायित्व (CSR) कार्यक्रम संचालन गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहयोग तथा राहत, दिगो विकास लक्ष्य तथा विपद व्यवस्थापन एवम् सार्वजनिक सेवा प्रवाह सुचारु गर्ने जस्ता कार्यहरुमा विभिन्न शाखाहरु मार्फत नेपाल भरका विभिन्न सेवामूलक संस्थाहरुलाई यस्तो सहयोग प्रदान गर्दै आईरहेको जनाएको छ ।
For more: ADBL Supports Balaju Charity



