कृषि विकास बैंकका ग्राहकले ॐ हस्पिटलमा छुट पाउने

Customers of ADBL to get Discount at Om Hospital
Share It On:

१३ फागुन, काठमाडौं। 

कृषि विकास बैंक लि. र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर बीच आपसी सेवा व्यवसाय बिस्तारका लागि सम्झौता भएको छ। सम्झौतामा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र ॐ हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकहरुले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरको ओ.पि.डि. शुल्क बाहेकका अन्य सेवामा १०% छुट प्राप्त गर्न सक्नेछन्। साथै उक्त छुट सुबिधा कृषि विकास बैंक लि. का कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त  गर्न सक्नेछन्।

सम्झौता समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरु कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति रहेको थियो ।

बैंकko हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय रहेका छन् भने विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टरहरु रहेका छन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *