कृषि विकास बैंक कर्मचारी संघ, नेपालद्वारा बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
११ भदौ, काठमाडौं।
कृषि विकास बैंक कर्मचारी संघ, नेपालले चीनतर्फबाट आएको अचानकको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका बाढीपीडितहरूको उद्धार तथा राहतका लागि आर्थिक सहयोग घोषणा गरेको छ।
संघले हालै एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि रु. १,०१,००० (एक लाख एक हजार रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएको छ।
गत भदौ १० गते बिहान चीनतर्फबाट आएको बाढी र त्यसपछिको पहिरोका कारण ती जिल्लाहरूमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू विस्थापित भएका छन्। संकटको यस घडीमा प्रभावित परिवारहरूलाई खाद्यान्न, स्वास्थ्य सामग्री र अस्थायी आवास जस्ता आधारभूत राहत सामग्री उपलब्ध गराउन संघले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
त्यस्तै, बाढीपहिरोका कारण प्रभावित भएका कृषि विकास बैंकका शाखाहरू, बैंकका कर्मचारीहरू र उनीहरूका परिवारको राहत तथा पुनःस्थापनामा विशेष ध्यान दिन बैंक व्यवस्थापनसँग पनि अनुरोध गरिएको छ।
विज्ञप्ति मार्फत संघले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकग्रस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन तथा राहत र पुनःस्थापनाको कामलाई थप तीव्र बनाउन नेपाल सरकारसँग आग्रह गरेको छ ।
For More: ADBEAN Flood Relief Support

