आदिम ‘इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना, उत्कृष्ट इन्नोभेसनलाई १० लाख

Aadim Innovation startup fund

१७ फागुन २०७७, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना गरेको छ । आइतबार होटल हिमालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय आविश्कार केन्द्रका प्रमुख महाविर पुनको विशेष उपस्थितीमा स्टार्टअप फण्डको घोषणा गरिएको हो ।

Aadim Innovation startup fund

कलेजले ब्याच्लर्स अफ कम्प्युटर एप्लिकेशन (बिसिए) अन्तिम वर्षका विद्यार्थीहरुलाई लक्षित गरेर १० लाख रूपैयाँ बराबरको आदिम इन्नोभेसन स्टार्टअप फण्ड स्थापना गरेको छ । पत्रकार सम्मेलनमा फण्डको बारेमा जानकारी दिदै कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माले विद्यार्थीहरुलाई स्वदेशमै सम्भावना र अवसर सृजना गर्दै उद्यमशिलता फण्डको सुरुवात गरिएको जानकारी दिए ।

कार्यक्रममा सम्वोधन गर्दै महाविर पुनले यो सुरुवात नेपालको कलेजहरुमा पहिलोपटक भएको भन्दै यसले अब इन्नोभेसन र उद्यमशिलताको संस्कृती विकास गर्ने बताए । पुनले भने “ १० लाख रुपैया सुरुवात भएपनि यसले अन्य सयँौैलाई यस क्षेत्रमा कृयाशिल हुन प्रोत्साहन गर्नेछ ।”

यसैगरी कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. शुवर्ण शाक्यले विद्यार्थीले आइडिया र इन्नोभेसनमा काम गर्ने हो, यसर्थ ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शैक्षिक क्षेत्रमा उद्यमशिलतालाई प्रवद्धन गर्ने नयाँ आयाम हुने कुरामा विश्वास व्यक्त गरे । यो फण्ड पूर्ण वा आंशिक रूपमा विद्यार्थीको उत्कृष्ट इन्नोभेटिभ प्रडक्ट वा प्रोजेक्टलाई प्रदान गरिनेछ । फण्ड आवश्यक डिभाइस, सफ्टवेयर र कार्यालय सेटअपमा खर्च गर्न सकिनेछ भने डेभलपरलाई पारिश्रमिक दिन पनि खर्च गर्न सकिने कलेजले जनाएको छ ।

कलेजका अनुसार विद्यार्थीहरु बीचमा उद्यमशीलताको स्किलसेटलाई बढवा दिन र रोजगारी खोज्ने भन्दा पनि रोजगारी दिने माइन्डसेट विकास गर्न यो फण्ड स्थापना गरिएको हो । यो फण्डले अध्ययनसँगै उद्यमशिलताको विकास गर्न महत्वपुर्ण सघाँउ पुग्नेछ । फण्ड घोषणाको विशेष कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका आइटी कार्यक्रम निर्देशक नवराज पौडेलले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ नेपालको शिक्षा क्षेत्रमा उदाहरणिय प्रयास भएको बताए । इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फण्डले सहयोग गर्नेछ । फण्डलाई प्रडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिने छ । फण्डले उद्यमशीलताको यात्रा शुरू गर्न विद्यार्थीहरुलाई प्रेरित गर्ने विश्वास लिएको प्रिन्सिपल शर्माले बताए।

कार्यक्रममा आइटी इन्डस्ट्री तथा एकेडेमियाको सहकार्यको विषयमा प्यानल डिस्कसन समेत सञ्चालन भएको थियो । प्यानल सेसनमा योमरी ग्रुपका अध्यक्ष दिपेश प्रधान, गुर्जु टेक्नोलोजिजका सह संस्थापक गणेश कुवर, क्लाउड फ्याक्ट्रीका सिनियर इन्जिनियरिङ म्यानेजर विष्णु सुवेदी र आदिम नेशनल कलेजका प्रिन्सिपल शंकर प्रसाद शर्माको सहभागिता रहेको थियो । कोटिभिटीका सिनियर इन्जिनियरिङ म्यानेजर मुकेश सिंहले सञ्चालन गरेको प्यानल डिस्कसनमा आइटी इन्डस्ट्रीको लागि कलेजहरुको सहकार्यसँगै रिसर्च र इन्नोभेसनमा जोड दिनुपर्ने वक्ताहरुले बताए ।

आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लुका साथसाथै प्लस टु लेभलमा साइन्स, म्यानेजमेन्ट विषय पढाइरहेको छ । चाबहिल काठमाडौंमा रहेको कलेजले विद्यार्थीहरुलाई कोर्सको अध्ययनसँगै व्यवहारिक ज्ञानमा जोड दिएको छ भने र प्रथम समेस्टरदेखि नै प्रोजेक्टहरु समावेश गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here