Lalitpur Mobile Expo, Buy One, Get One Free

काठमाडौं, ५ वैशाख । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ ।

Mobile Expo 2016

मोबाइल हबको रुपमा परिचित ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ को अवधिभर कुनैपनि नयाँ मोबाइल खरिद गर्दा अर्को मोबाइल निःशुल्क उपहारमा दिने योजना ल्याएको छ । यो योजनाअन्तरगत ग्राहकहरुले कुनैपनि ब्राण्डको रु ३५,००० भन्दा बढि मूल्यको मोबाइल खरिद गर्दा अर्को मोबाइल उपहारमा प्राप्त गर्ने कम्पनीले जनाएको छ । ३५ हजार रुपैंया भन्दा बढिको मोबाइल खरिदमा ग्राहकहरुले सिंगापुरको ब्राण्ड डिटिसीको रु १,००० मूल्य पर्ने वाऊ फोन उपहारमा निशुल्क प्राप्त गर्न सक्ने बताईएको छ ।

यसका साथै ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि ब्राण्डको मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट योजना पनि संचालनमा रहेको छ । कम्प्लेक्समा मोबाइल खरिद गर्ने हरेक ग्राहकहरुलाई हातखाली नहुने गरि उपहारको व्यवस्था पनि कायमै राखिएको छ । विभिन्न एसेसरिजको खरिदमा, फोन रिपेयर, फोन एक्सचेन्जमा पनि विशेष छुट राखिएको छ । हरेक ब्राण्डको मोबाइल खरिदमा स्टीकर, सेल्फी स्टिक, कप, ब्लूटूथ स्पीकर, मोबाइल कभर, ब्याग, एरुनको पावरब्यांक लगायतका उपहार राखिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ वर्षको उपलक्ष्यमा आयोजना भईरहेको मेलामा दैनिक तीन जना अवलोकनकर्ताहरुले तीनवटा स्मार्टफोन जित्न सक्नेछन् । ललितपुर मलले आयोजना गर्ने मेलामा निशुल्क प्रवेशको साथमा प्राप्त हुने कुपनको आधारमा दैनिक तीन जनाले लक्की ड्रमार्फत उपहार जित्न सक्नेछन् ।

त्यसैगरी मेलाको अवधिभर ललितपुर मलमा कुनै पनि सामाग्री खरिद गर्न आउने एस. एल. सी. दिएर बसेका विद्यार्थीहरुको लागि विशेष छुट दिईनेछ ।

न्यू ईयर मेला अवधिभर ललितपुर मलमा कुनैपनि सामाग्रीको खरिदमा ४० प्रतिशतसम्मको छुट दिईने मलले जनाएको छ ।