How to Safely Use an ATM ?

How to Safely Use an ATM ?

कसरी अपनाउने सावधानी ?
१.    एटीएम कार्डको पासवर्ड समय समयमा बदल्नुहोस् ।
२.    गोप्य नम्बर (पासवर्ड वा पिन नम्बर) कहिल्यै लेखेर नराख्नुहोस् ।  कुनै कागजातमा लेखेर राख्ने वा इलेक्ट्रोनिक डिभाइसमा सेभ गरेर राख्ने बानी छ भने आजै यस्तो बानी त्याग्नुहोस् ।
३.    सहजै अनुमान गर्न सक्ने गोप्य नम्बर नराख्नुहोस् ।  जस्तैः १२३४, २४६८, फोन नम्बर इत्यादि ।
४.    जुन बैङ्कको कार्ड चलाइरहनुु भएको छ, त्यस बैङ्कको हटलाइन वा सम्पर्क नम्बर याद गर्नुहोस् ।  कार्ड हराएमा तत्काल सम्पर्क गर्न र कार्डबाट हुने कारोबार बन्द गर्न सहज हुन्छ ।
५.    प्रत्येक कारोबारपछि क्यान्सल वटन थिच्न नबिर्सनुहोस् ।
६.    बैङ्कबाट मोबाइल एसएमएस सेवा लिनुहोस् ।  यो सुविधाले तपाईंलाई हरेक कारोबारको जानकारी मोबाइलमा एसएमएसमार्फत दिन्छ ।

७.    बत्ती नभएको स्थान र सुरक्षाका हिसाबले जोखिम लागेमा एटीएमबाट कारोबार नगर्नुहोस् ।
८.    एटीएमको गोप्य नम्बर सकभर कसैलाई नदिनुहोस् ।
९.    गोप्य नम्बर डायल गर्दा हातले छेकेर गर्नुपर्छ ।  एटीएम प्रयोग गर्दा लाइनमा बसेको अर्को व्यक्तिले तपार्इंको पिन नम्बर, तपाईंले निकालेको रकम देख्ने भएकाले सावधानी अपनाउनुहोस् ।  एटीएम बुथमा प्रवेश गरेपछि गोप्य नम्बर थिच्दा एटीएम मेसिनको किबोर्डलाइ छोपिने गरी उभिनुहोस् ।
१०.    कारोबार गरेपछि तपाईंको एटीएम कार्ड, नगद र रसिद सुरक्षित राख्नुहोस् ।
११.    एटीएमबाट कारोबार गर्दा कार्ड अड्किएमा नचिनेका व्यक्तिबाट सहयोग नलिनुहोस्, सम्बन्धित बैङ्कलाई तत्काल खबर गर्नुहोस् ।
१२.    एटीएम कार्ड घुसाउने ठाउँमा समेत उपकरण जडान गरी पिन नम्बर चोरी गर्ने हुँदा एटीएमबाट रकम निकाल्दा कार्ड घुसाउने ठाउँमा कुनै उपकरण जडान भए÷नभएको यकिन गरेर मात्र कार्ड प्रयोग गर्नुहोस् ।
१३.    स्किमिङ तथा पिन नम्बर चोरीबाट बच्नका लागि एटीएमबाट पैसा निकालिसके पछि कम्तीमा एक महिनाको रसिद सुरक्षित राख्ने गर्नुहोस् ।
१४.    कहीँ कतै एटीएमको ढोकामा कार्ड स्वाइप गर्ने यन्त्र राखिएको छ भने भरसक आफ्नो पिन नम्बर नदिनुहोस् ।
१५.    कहिल्यै पनि एकैपटक दुई जना एटीएम काउन्टरमा नपस्नुहोस् ।