Computer Donations to Schools,CAN Sunsari

तेह्र बालबालिका स्मृती बिद्यालयलार्इ क्यान सुनसरीको सहयोग्

 

२०६३ सालमा सुनसरीको झुम्का नहरमा टेम्पु दुर्घटना भर्इ सहादत प्राप्त १३ बिद्यार्थी बालबालीकाहरूको स्मृतीमा स्थापित तेह्र बालबालिका स्मृती बिद्यालयलार्इ क्यान सुनसरी महासंघले सोमबार १ लाख ६० हजार मुल्य बराबरको शैक्षिक सामग्री हस्तानतरण गरेको छ ।

can sunsarisunsari can

 

 

 

 

बिद्यालयको प्राङगणमा भएको कार्यक्रममा कम्प्युटर ब्यवसाहिहरूको छाता संगठन क्यान महासंघ सुनसरीले १ लाख ६० हजार बराबरको सफ्टवेयर सहितको २ थान कम्प्युटर हस्तानतरण गरेको हो ।

सहयोग हस्तानतरण कार्यक्रममा क्यान महासंघ सुनसरीका अध्यक्ष भिमप्रसाद गिरीले विद्यार्थी अभिभाबक शिक्षक तथा ब्यबस्थापान समितिलाई सम्बोधन गर्दै उत्प्रेरणादाइक मन्तब्य प्रस्तुत गर्नु भयको थियो । उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिना , क्यान महासंघ सुनसरीका पदाधिकारी लगायत स्थानइय अबिभाबक हरुको उपस्थिती रहेको थियो ।

दाताले दिएको शैक्षिक सामग्री लिदै तेह्र बालबालिका स्मृती बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष भिमबहादुर पौडेलले क्यान सुनसरी प्रती आभार प्रकट गरेका छन ।