Why Cyber Security is critical for Digital Nepal ?

आइटी सेक्युरिटी कम्पनी रिगो टेक्नोलोजिले  शुक्रवार  काठमान्डौमा साइबर सेक्युरिटी, थ्रेट एण्ड काउन्टरमेजर सम्बन्धि सेमिनार आयोजना गरेको छ । रिगो टेक्नोलोजीले नेपालमै पहिलोपटक यसबारे अनुसन्धान गर्दै सेमिनार मार्फत नेपाल साइबर थ्रेट रिपोर्ट २०१५ र इन्फर्मेशन सेक्युरिटी सर्भे रिपोर्ट २०१५ बाहिर ल्याएको हो । उक्त रिपोर्ट मार्फत नेपालको साइबर सुरक्षा अहिलेसम्मकै जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टका अनुसार १९३ देश मध्य धेरै साइबर एट्याक भएको सुचिमा नेपाल ३९ औं नम्बरमा छ ।

रिगोका अनुसार नेपालका “A” class का बैंक हरुमा गरिएको सर्भेका अनुसार SSL ठीकसँग कन्फिगरेसन नगर्ने बैंकहरु ५४.१७ % रहेका छन। SSL ( secure  Sockets Layer) एक स्ट्याण्डर्ड सेकुरिटी टेक्नोलोजी हो जसले बेभ सर्भर र ब्राउजर बिचको लिंकलाई इन्क्रिप्ट गरेर प्रषारित हुने सम्पूर्ण डाटालाई गोप्य राख्न मदत गर्छ ।

नेपाल प्रहरिको अपराध अनुसन्धान ब्युरो CIB मा ई-बैंन्किङ र ATM ह्याक भएको कुरा रिपोर्ट २ / २ परेको र जम्मा ७५ वटा अपराधहरु रिपोर्ट भएको प्रतिबेदनले जनाएको छ ।  ई ब्याकिंगं ह्याक, ATM ह्याक, अनअथोराइज्ड ह्याक, इमेल फ्रड, सोसल नेटवर्किगं abuse  वा ह्याक, कम्प्युटर फरेन्सिक, मोबाइल फरेन्सिकलगायतका केस रिपोर्ट भएका छन् ।

यो वर्ष नेपालमा नेपाली ह्याक्टीभिस्ट ग्रुपहरु उदय हुने संख्या   बढेको देखिएको छ । ति मध्य चर्चित  एनोनिमस ओपनेप, नेपाल साइबर आर्मी, टिनेज वर्मस र स्कोरपियन ह्याकर्स आदी हुन .

कार्यक्रममा बोल्दै  रिगोका को. फाउण्डर मुकुन्द पोखरेलले भने अत्याधुनिक हार्डवेयर र सफ्टवेयर सिस्टमहरु जडान गरेर मात्र साइबर आतंकबाट बच्न नसकिने तर यसका लागि हामीले हाम्रो इथिक्स र मोरल के हो भन्ने समेत सम्झनु पर्ने कुरा बताउनु भयो । हाम्रो हेल्चेक्र्याईले  गर्दा पनि कतीपय अपराधीहरुलाई सहयोग पुगेको कुरा उनले थपे ।