NAAMII ले तेश्रो नेपाल एआई पाठशाला आयोजना गर्दै

Winter-School-in-AI

१२ मंसिर २०७८, काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वद्ध विज्ञान-प्रविधिमा भईरहेको द्रुत गतिको विकासले समाजमा गुणात्मक परिवर्तन ल्याउने प्रचुर सम्भावना बोकेको छ ।

फेसबुक, गुगल, आमाजोन  जस्ता कम्पनीहरुको असर आमरुपमा प्रत्यक्ष देखिएकै छ । यसका अतिरिक्त  शिक्षा, स्वास्थ, कृषि, शहरीकरण, जलवायु, समाज-विज्ञान, अर्थतन्त्र, सुरक्षा (डिजिटल-सूरक्षासहित) इत्यादि क्षेत्रमा एआई-सम्वद्ध प्रविधिले तत्-तत् क्षेत्रको विकास गर्न सकिने सम्भावना देखिन थालेको छ ।

विश्वव्यापीरुपमा यस क्षेत्रमा दक्ष जनशक्तिको कमी भईरहेको हालको अवस्थामा नेपालमा त यो समस्या झनै ठूलो छ । तसर्थ नेपालका विद्दयार्थी, शिक्षक, प्राध्यापक, प्राविधिक इन्जिनियर्स एवं उद्यमीहरुलाई एआईका अत्याधुनिक विषयमा प्रभावकारी सीप विकास गर्ने उद्धेश्यले हामी, Nepal Applied Mathematics and Informatics Institute for Research (NAAMII,  नामी) ले वि.सं. २०७५  देखि ११ दिने  ”Nepal Winter School in AI” (नेपाल एआई हिउँदे पाठशाला) आयोजना गर्दै आएका छौँ ।

यस पाठशालाको तेश्रो संस्करण यहि डिसेम्बर २० देखि ३० सम्म  काठमाण्डौँ उपत्यकामा  आयोजना गरिदैछ।

अघिल्ला दुई संस्करणहरूमा, पाठशालाले लगभग १००० आवेदनहरू प्राप्त गरेको थियो जसबाट २० विभिन्न  देशहरूबाट ३००  आवेदकहरुलाई सहभागिताको लागि छनौट गरिएको थियो।

यो पाठशालाले विश्व प्रसिद्ध वैज्ञानिकहरू, र विश्वका केही प्रमुख विश्वविद्यालयहरू तथा अनुसन्धान संस्थानहरूमा काम गर्ने प्राध्यापकहरू र अनुसन्धानकर्ताहरूलाई एउटै मन्चमा ल्याउने सुनौलो अवसर प्रदान गर्दै आएको छ।

यस वर्ष हिउँदे पाठशाला दुई किसिमबाट संचालन हुने भएको छ ।  यसले गर्दा वक्ता र सहभागीहरू दुवैले आफ्नो अनुकुल अनुसार लेक्चर हलमा स्वयं उपस्थित  हुने अथवा इन्टरनेटको माध्यमबाट भर्चुअल्ली उपस्थित हुने भन्ने कुराको निणर्य गर्न सक्नेछन् ।

नेपाल एआई हिउँदे पाठशालाको मुख्य उद्देश्य सहभागीहरुलाई  दैनिक गतिविधिहरू र जटिल अनुसन्धान वातावरणमा प्रयोग हुने विभिन्न एआई प्रविधिहरूको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्नु हो।

यस विद्यालयमा आर्टिफिसियल न्यूरल नेटवर्क, न्याचुरल ल्यांगुयेज प्रोसेसिंग (NLP), कम्प्युटर भिजन, सेमी-सुपरभाइज्ड र अनसुपरभाइज्ड लर्निङ, Geometric Deep Learning, Reinforcement Learning, VAEs and GANs आदि जस्ता आकर्षक विषयहरूको बारेमा विस्तृतरुपमा पढाई हुनेछ। हिउँदे पाठशाला विभिन्न विधामा अध्यनरत विद्यार्थीहरु, शिक्षाविद्हरू लगायत विभिन्न व्यावसायमा संलग्न व्यक्तिहरु जो एआई र यसका अनुप्रयोगहरू बारे सिक्न इच्छुक् हुनुहुन्छ उहाँहरुको लागि खुला छ।

केहि गणितिय ज्ञान ( जस्तै क्यालकुलस,लिनीयर अल्जेब्रा, प्रोबबिलिटि एन्ड स्ट्याटिस्टिक्स) तथा प्रोग्रामिङ सम्बन्धी  अनुभव भएमा कक्षाकोठा  तथा प्रयोगशाला सत्रहरूमा पढाई हुने सामग्रीहरू सजिलैसंग  बुझ्नामा मद्दत हुनेछ।

यस हिउँदे विद्यालयमा लगभग २५ आमन्त्रित विश्व-स्तरीय विशेषज्ञहरूद्वारा तयार पारिएका पाठ्यक्रमहरु  तथा प्रयोगशाला सत्रहरू, र वैज्ञानिक पेपर पठन/लेखन सत्रहरूको श्रृंखला समावेश छ। यस वर्ष हाम्रा वक्ताहरूमा नेपालका अग्रणी एआई अनुसन्धान संस्थान, NAAMII (नामी) का वैज्ञानिकहरूका अतिरिक्त स्ट्यानफोर्ड, इम्पेरियल कलेज लन्डन, UCL, ETH Zurich, आदि जस्ता अग्रणी विश्वविद्यालयहरू र अनुसन्धान प्रयोगशालाहरूका अनुसन्धानकर्ताहरू तथा विभिन्न संकायहरू सामेल छन्।

यस ११ दिने कार्यक्रममा गहन अध्ययन योजनाको साथसाथै, एक दिने पैदल यात्रा र गाला डिनर जस्ता रोचक सामाजिक कार्यक्रमहरू पनि समावेश गरिएको छ ।

यी कार्यक्रमहरुले सहभागीहरूलाई समान विचारधारा भएका व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने पर्याप्त अवसरहरू प्रदान गर्नेछ ।

“तेस्रो नेपाल एआई हिउँदे पाठशाला“ मा आवेदन दिने अन्तिम म्याद १ डिसेम्बर, २०२१ रहेको छ।

कुनै पनि उद्योगमा आवध्ध नभएका पूणर्-समय अध्ययनमा व्यतित गर्ने विद्यार्थीहरुको लागि सिीमित छात्रवृत्ति सिटहरू उपलब्ध गराइएको छ ।

महिला र अल्पसंख्यक समूहहरूलाई आवेदन दिन विशेषरुपमा  प्रोत्साहित गरिन्छ।

Link to application form: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here