टम्बो मोबाइल ब्राण्ड नेपाल भित्रियो, ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट

२०७५ श्रावण २१ गते, काठमाडौं ।

टम्बो मोबाइल ब्राण्ड नेपाल भित्रियो, सबै मोडलमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट. नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइल नेपाली बजारमा आएको हो ।


टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, यी मोबाइल फोनहरु अब नेपाली बजारमा पनि उपलब्ध भएको छ ।
टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याउनेछ ।
कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउने छ । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउनेछ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ ।
टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईनेछ ।
‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन् । हामीले हाम्रा ग्राहकहरुलाई २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईका छौं र यस्तो अफर अन्य कुनैपनि ब्राण्डमा उपलब्ध छैन् । आगामी दिनमा पनि हामी ग्राहकहरुको रुचीअनुसारका टम्बो ब्राण्डका फोनहरु नेपालमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने ।
टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् ।
यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर छन् ।
टम्बो मोबाइल फोनहरु आजैदेखि नेपालभरका रिटेलर तथा च्यानल पार्टनरहरुबाट खरिद गर्न सकिनेछ ।

टम्बो मोबाइलको बारेमा
टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।
कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको फ्याक्ट्रिबाट यो ब्राण्डका मोबाइल फोन उत्पादन गर्ने गर्दछ । टम्बो ब्राण्ड यसअघि आइटेल मोबाइललाई भारतमा भित्र्याउने श्रेय पाएका सुधिर कुमारको कम्पनीअन्तरगत रहेको छ ।
टम्बोले आविश्कार र प्रविधिद्धारा प्रसन्नता, स्थायित्व र डिजाइन प्रदान गर्ने उद्धेश्य राखेको छ । हामी हाम्रा ग्राहकहरु, साझेदारहरु र मानिसहरुलाई हाम्रा उत्पादनहरुद्धारा उनीहरुको सपना पुरा गर्न र जीवन समृद्ध बनाउन सहयोग गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here