डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा

NEPAL DIGICOM

माघ १५, सोमवार, काठमाडौं ।
चर्चित आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना प्रडक्टमा आकर्षक छुट दिने भएको हो । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक मेलाको अवधिभर डिजिकमको स्टलबाट सो छुट प्राप्तगर्न सकिने छ । नेपालमा दुई दशक पूरा गरेको अवसरमा क्यान इन्फोटेक मा डिजिकमले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममाचर्चित फिल्मकलाकार तथा निर्माता निर्देशक दीपकराज गिरि र दीपश्री निरौलाको सहभागिता रहेको थियो ।

DIGICOM NEPAL
DIGICOM NEPAL

सन् १९९८ मा शुरु भएको ब्राण्ड डिजिकमले २० वर्षको यात्रा पूरा गरेको छ जुन चुनौति पूर्ण र प्रोत्साहन पूर्ण दुवै थियो । नेपालमा डिजिकमको सेवा केबल टीभी सञ्चालकहरुक ालागि सीएटीभी प्रडक्टहरुबाट शुरु भएको थियो । सो प्रडक्टमा कम्पनीले पाएको उच्च सफलताले यसलाई अन्य उत्पादनमा आफ्नो सेवा विस्तार गर्न प्रोत्साहित गरेको थियो । सन् २००४ मा डिजिकमले नेपाली बजारमा फाइबर अप्टिक केबल भित्र्याएको थियो जुन क्षेत्रमा यो पहिलो निजी क्षेत्रको कम्पनी थियो ।
हरेक वर्ष डिजिकमले नयाँतथा एडभान्स्ड प्रडक्ट थपगर्दै आएको छ जसमध्ये मुख्य यसप्रकार छन् ः
१. सीएटीभी प्रडक्ट
२. अप्टिकल फाइबर केबल
३. नेटवर्किङ केबल
४. कक्सिएल केबल
५. सीसीटीभी केबल
६. वायरलेस राउटर
७. सीसीटीभी सर्भेलेन्स प्रडक्ट
८. सर्ज प्रोटेक्टेड एकस्टेन्सन सकेट
९. टेलिफोन
१०. अप्टिकल फाइबर टूल्स
कम्पनीले आफ्ना ७०० भन्दा बढी प्रडक्टहरु बजारमा उपलब्ध भएको र निरन्तर नया ँतथा विशिष्ट प्रकारका प्रडक्ट थप गर्दै आएको साथै डिजिकमका उत्पादनहरु नेपाली बजारका लागि आवश्यक डिजाइन र सुविधा युक्त रहेको कुरा डिजिकमका अध्यक्ष, अरुण कुमार बन्सल ले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here