वर्डप्रेस विराटनगर मिटअप पुर्व संचार मन्त्रिले उद्घाटन गर्ने

दुई दिने कार्यक्रमको प्रमुख अतिथी पुर्व सुचना तथा संचार म.त्री शेरधन राई रहनु हुनेछ । पहिलो दिन आरोहण गुरुकुल र दोस्रो दिनको वर्डप्रेसको तालिम स्थानिय श्री कृष्ण पार्टी प्यालेसमा हुुनेछ । सो कार्यक्रममा विराटनगरका आई. टी कलेजका विधार्थीहरु सहभागी हुनेछ ।  वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ,पोखरा तथा बिराटनगरबाट पनि वक्ताहरु रहनेछन् । इभेंटमा वर्डप्रेसको करियर, इन्टरप्रिनियरशिप तथा ब्लगिंङ प्ल्याट फर्मको बारेमा अनुभव तथा ज्ञान आदान प्रदान गरिनेछ ।

धेरै कलेजका आइटी बिद्यार्थी, आइटी प्रोफेसनल तथा आइटी इन्टरप्रिनियर तथा अन्य इच्छुकहरु सहित सो वर्डप्रेस इभेन्टमा २५० भन्दा बढी वर्डप्रेस उत्साहीहरु सहभागी हुने अनुमान गरिएको छ ।  वर्डप्रेस विराटनगर मिटअप २०१८ मा वर्डप्रेस कम्युनिटी नेपालका प्रसिद्ध तथा प्रेरक व्यक्तित्त्वहरु अर्जुन सिङ ठकुरी,प्रभास कार्की,यम बहादुर क्षेत्रि,सुभाष खड्का,सुरेन्द्र श्रेष्ठ,निशल गुरुङ तथा पृथ्वीसिङ ठकुरी वक्ताहरु रहेनेछन् । सम्पूर्ण वक्ताहरुले वर्डप्रेस विराटनगर मिटअप २०१८ का सहभागीहरुलाई प्रेरणा प्रदान गर्नेछन् ।

#WordPressBRT MEETUP 2018 यहि जनवरीको २७ र २८ मा आरोहण गुरुकुल, हाटखोला बिराटनगरमा https://goo.gl/UTt4Kz आयोजना हुन गइरहेको हो । सो इभेन्ट बिहान ११:३० बाट सुरु हुनेछ भने यसमा नि:शुल्क सहभागिता जनाउन सकिनेछ । कृपया रजिष्टर गर्नुहोला । https://goo.gl/oLGJYD

वर्डप्रेस विराटनगर मिटअप २०१८ मा वर्डप्रेस कम्युनिटी नेपालका प्रसिद्ध तथा प्रेरक व्यक्तित्त्वहरु:
– Arjun Singh Thakuri, CEO, Access Keys and Accesspress
Themes
– Pravash Karki, Founder, and CEO, Idealaya Pvt. Ltd.
– Yam Bahadur Chhetri, Co-founder, and CEO, Web Experts
Nepal
– Suvash Khadka, Deputy Chief Executive, Digital Learning
– Surendra Shrestha, Co-founder, and CEO, Rigorous Web
Services
– Nishal Gurung, Co-founder, and Managing Director, Goreto
Software
– Prithu Singh Thakuri, CEO, Wpall Club

सम्पूर्ण वक्ताहरुले वर्डप्रेस विराटनगर मिटअप २०१८ का सहभागीहरुलाई प्रेरणा प्रदान गर्नेछन् ।

कार्यक्रमको दोस्रो दिन आईतवार होटल श्री कृष्ण http://www.hotelshreekrishna.com.np/मा वर्डप्रेस सम्बन्धी बेसिक, ईलेमेन्टरी र एडभान्स तालिमपनि हुने जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here