पोखरामा ग्लोवल आइटीले इथिकल ह्याकिङ तालिम गर्ने

MD at Global IT Education

सूचना र प्रविधिको प्रयोगसँगै यस सम्वन्धी चुनौती पनि त्यति नै रुपमा थपिएका छन् । हामी सूचना प्रविधको व्यापक उपयोगको कुरा गर्छाैं, स्मार्ट सिटी जस्ता प्रोजेक्टको परिकल्पना गर्छौं । तर, सूचना प्रविधिका कारणले निम्ताउन सक्ने चुनौतिका बारेमा भने सोच्ने गरेका छैनौं । प्रविधिको विकाससँगै दिनानुदिन साइबर अपराधका घटनाहरु बढिरहेका छन् । यस्ता घटनाहरुलाई न्युनीकरण गर्नतर्फ खासै चासो दिएको पाइँदैन ।

पोखरामा आइटीसम्बन्धी प्रशस्त कलेजहरु खुलेपनि व्यावसायिक रुपमा आइटी क्षेत्रले फड्को मार्न सकेको छैन । पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने चर्चा चलिरहेको अवस्थामा आइटी क्षेत्रको महत्व अझै बढेको हामीलाई महसुस भएको छ ।
यसै क्रममा ग्लोबल आइटी एजुकेसन अमरसिंहचोकले इथिकल ह्याकिङ सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । नेपालकै प्रख्यात साइबर सेक्युरिटी सम्बन्धी काम गरिरहेका तथा इथिकल ह्याकर नरेश लामगादेले तालिममा प्रशिक्षण दिदै हुनुहुुन्छ । यही पुस २ गतेबाट तालिम सञ्चालन हुनेछ । ५ समूहमा विभाजन गरी करिब १ सय २५ जनासम्मलाई तालिममा हामीले सहभागी गराउनेछौं । सूचना तथा प्रविधिका क्षेत्रमा चासो राख्नेहरुका लागि यो तालिम निकै प्रभावकारी हुने हामीले विश्वास लिएका छौं । विशेषगरी आइटीका विद्यार्थी, आइटी अफिसरहरु, सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले तालिमबाट लाभ लिनसक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here