ओप्पोको ए ५७ विश्वकै दोस्रो ‘बेष्ट सेलिङ’ एण्ड्रोइड फोन

 नयाँ नयाँ प्रविधिको प्रयोग गरी स्मार्टफोन परिस्कृत हुँदै जाँदा कतिपयले आफ्नो हिस्सा गुमाउँदै गएका छन् भने कतिपयले बजार विस्तार गर्दै लगेका छन्। आकर्षक, बहुउपयोगी, तीव्र गतिको कार्य क्षमता तथा फिचर्सले भरिपूर्ण गुणस्तरीय तर उपयुक्त मूल्यका फोनमा उपभोक्ताको आकर्षण बढ्दै गएको पाइन्छ। यसले बजारमा प्रयोगमैत्री, मितब्ययी मूल्यमा नयाँ नयाँ उत्पादन भित्राउने र विक्रि गर्ने तीव्र प्रतिस्पर्धात्मक वातावरणको सिर्जना भएको छ।

निरन्तर परिस्कृत हुँदै क्यामेरा फोन ब्राण्डका रुपमा स्थापित ओप्पोले यतिबेला राम्रो बजार हिस्सा ओगट्न सफल भएको छ। बजारमा उपलब्ध कम्पनीका हरेक उत्पादनको गुणस्तर, विश्वसनियता, पृथक डिजाइन तथा क्यामेरा फिचर्सले ओपोलाई यसमा प्रत्यक्ष सघाएको कम्पनीको दावी छ।

विश्व उद्योग विश्लेषक संस्था काउण्टरपोइण्ट रिसर्च डट कमले गरेको सार्वजनिक गरेको प्रतिवेदनमा ओप्पो ए ५७ र आर ११लाई विश्वकै ‘बेष्ट सेलिङ एण्ड्रोइड फोन्स’का रुपमा लिइएको छ।

रिसर्चअनुसार जुलाई महिनामा विश्व स्मार्टफोन ब्राण्डमध्यकै उत्कृष्ट १० स्मार्टफोनमा सर्वाधिक विक्रि हुन सफल ब्राण्डको सूचीमा ओपो ब्राण्डले तेस्रो र चौथो स्थान हात पार्न सफल भएको छ। त्यसैगरी, एण्ड्रोइड सञ्चालन प्रणालीमा आधारित स्मार्टफोन मध्यकै टप सेलिङ एण्ड्रोइड फोन बन्न ओप्पो सफल भएको छ।

सर्वाधिक बिक्रीको पहिलो र दोस्रो नम्वरमा एप्पलको आइफोन सेभेन र सेभेन प्लस रहेका छन्।

‘अनस्टपेबल सेल्फीज’ नाराका साथमा सार्वजनिक गरिएको ओप्पो ए ५७ मा १६ मेगापिक्सेल क्षमताको फ्ल्यागसिप फ्रण्ट क्यामेरा उपलब्ध छ। यसले प्रयोगकर्तालाई न्यून प्रकाश भएका स्थानमा समेत चहकिलो, उत्कृष्ट तथा आकर्षक सेल्फी लिन सघाउँछ।

फोनमा कम्पनीले ह्याण्ड गेस्चरका साथै बोके ईफेक्ट पनि उपलब्ध गराएको छ। जसले गर्दा प्रयोगकर्ताले धमिलो ब्याकग्राउण्ड सहितका पृथक तथा आकर्षक तस्विर लिन सक्छन्। नेपाली बजारमा पनि प्रयोगकर्ता माझ विशेष लोकप्रिय ओपो ए५७ को मूल्य २६ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ।

उत्कृष्ट श्रेणीमै रहन सफल ओपोको अर्को फोन आर ११ भने हाल सम्म नेपाली बजारमा उपलब्ध भइसकेको छैन। यसमा रहेको बोके ईफेक्ट सहितको २० मेगा पिक्सेल क्षमता भएको डुअल क्यामेराले अन्य स्मार्टफोनका तुलनामा लोकप्रियता बढाएको विश्लेषकहरुको भनाइ छ।

Source: SETOPATI.COM

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here