बलराम भन्डारीको अध्यक्षतामा क्यान महासंघ सुनसरी गठन

सुनसरी / कम्प्युटर ब्यवसायिहरुको छाता संगठन क्यान महासंघ सुनसरीको ११ औं साधारण सभा तथा ७ अाैं अधिवेशनले ले बलराम भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग अाेझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन् । निर्वाचन शान्तिपूर्वक रूपमा सम्पन्न भएकाे प्रमुख निर्वाचन आयुक्त उद्धव प्रसाद पाैडेलले बताउनुभयाे ।

 साधारणसभाको उद्घाटन गर्दै केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठले  अहिलेको सूचना प्रविधीको यूगमा हरेक नागरिकहरुमा सूचना र प्रविधिको पहुँच पुर्याउनुपर्ने बताउँदै यसका लागि क्यानको महत्वपूर्ण भूमिका रहेकाे बताउनुभयो । १ नम्बर प्रदेशका हरेक क्षेत्रमा सुचना र प्रविधिको पहुँच पु¥याउनका लागि स्थानीय सरकारसँगको सहकार्य आवश्यक रहेको कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

कार्यक्रममा क्यान सुनसरी संस्थापक अध्यक्ष कमल तिम्सिना, देव शुब्बा, रामकुमार रार्इ, भवकृष्ण तिम्सिना लगायतहरूले आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रम क्यान केन्द्रका केन्द्रिय सदस्य दिपेश पाठककाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here