वर्ल्डलिंकको २१ वर्षमा एक लाख ग्राहक
नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले स्थापनाको २१ वर्षमा एक लाख ग्राहक संख्या पुर्याएको छ । उक्त उपलक्ष्यमा वर्ल्डलिंकले १० जना ग्राहकलाई सामसङको ‘एस एट’ मोडलको फोन तथा एक सय जनालाई ३ महिनाको निशूल्क इन्टरनेट उपहार वितरण गरेको छ।
‘एस एट’ स्मार्टफोन उपहार पाउनेहरुमा काठमाण्डौंका भरत शाही ठकुरी, तेन्जिङ शेर्पा, सुजन तिमल्सिना, बिनोद थापा मगर र एडभेन्चर तानसेन ट्रेक रहेका छन्। त्यस्तै भक्तरपुरका ज्योती लामा, भैरहवाका राजेन्द्र कुमार, धनगढीका स्माइल चौधरी, विरगंजका गौरब कुमार अग्रवाल तथा बुटवलका पार्वती थापाले सो उपहार जितेका थिए।
प्रालिका अध्यक्ष दिलिप अग्रवालले उपहार वितरणको अवसरमा बोल्दै प्रविधिको सिमितताले एक लाख ग्राहक पुर्याउन २१ वर्ष लागेको भन्दै देशका अझ धेरै जिल्लामा सेवा विस्तार गर्दै एक दुई वर्षको अन्तरालमै हालको संख्यालाई दोब्बर बनाउने लक्ष्य राखिएको जनाए।



