के कारणले कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुन्छ ?

यदि कम्प्यूटर खोल्ने बित्तिकै अथवा खोलेको केही सेकेन्डमा नै बन्द हुन्छ भने त्यसका धेरै समस्या÷कारणहरु हुनसक्छन । ती समस्याको समाधानका लागि तलका केही टिप्सहरु पढ्न्होस् ।

तार खुकुलो हुनु :यदि यस्तो किसिमको समस्या आएमा कम्प्यूटर भित्रका सबै तारहरु राम्रोसँग मदरबोर्डको हरेक भागमा राम्रोुँग जोडिएको कुरा पक्का गनर््होस । जस्तै तपाईले आइ.डि.ई. केवल र साटा केवल जुन प्रत्यक्ष रुपमा हार्ड ड्राईभ र सिडि अथवा डिभिडि ड्राइभसँग जोडिएका हुन्छन । तारहरुको पोर्टका जोडिएका दुबै भाग राम्ररी जाच्न्होस । यदि राम्रोसँग जोडिएको छ भने कम्प्युटर टर्न अन अर्थात खोलेर हेर्नुहोस् । कहिलेकहि तारहरु खुकुलो भएर पनि काम नगरेको हुन्छ त्यस्तो अवस्थामा तारहरुला खुस्काएर पुनः जोड्न्होस ।

पावरको समस्याः कहिलेकाही पावर राम्रोसँग कम्प्युटरको सबै भागमा नपुग्दा पनि यस्तो समस्या आउने गर्दछ । बिद्युतको बहन हुने ठाँउमा कुनैपनि किसिमका धातुका टुक्राहरु अड्किएको हुनुहुदैन । कम्प्यूटरका सबै भागहरुलाई पेचहरुले राम्ररी कसिएको हुनुपर्दछ । समय समयमा कम्प्युटर एक ठाँउबाट अर्को ठाँउमा सार्दा अथावा घुमाउदा पेचहरु खुकुलो हुनसक्छन । कुनैकिसिमको आवाज अथावा गन्ध थाहा पाउनु भयो भने कम्प्यटर खोलेर त्यस्तो बस्तुलाई हटाउनुहोस् ।

मेमोरिको समस्याः सबैखाले मेमेरी अर्थात ¥यामहरु मेमोरी सलटमा राम्रोसँग सेट भए, नभएको निश्चित गनुहोस् । तिनिहरुलाई मेमोरी सलटबाट झिकेर पुनः जोड्न्होस र मेमोरीहरु सहि सलटमा जोएिको वा नजोडिएको कुरा पक्का गर्नूहोस । तिनिहरुलाई रङ्ग तथा काटिएबो भाग मिलाएर सलटको आधारमा डिजाईन गरिएको हुन्छ । सबै मेमेरीहरु ठिक ठाँउमा जोडिएको पक्का गर्नूहोस र पावर अन गरि हेर्नुहोस ।

पावर सप्लाईमा समस्याः पावर सप्लाईले राम्रोसँग काम गरे नगरेको कुरा जानकारी लिनुहोस् । समस्या आएको पावरसम्लाई मदरबोर्डमा जोडिएको छ भने यो पनि कम्प्यूटर तुरुन्त बन्द हुने मूख्य कारण हुन सक्छ । कहिलेकाही बजारमा पाईने सस्ता पावरसप्लाईमा धेरै जसो यस्ता समस्या हुन सक्छ र यसलाई हटाउन पावरसप्लाइ लाई मर्मतको सट्टा नयाँ किन्नु उपयुक्त हुन्छ ।

ज्यादा तात्नुः यदि नयाँ कम्प्युटर अथवा मदरबोर्ड भर्खर परिर्वतन गरिएको हो भने हरेक भागहरु पोरसेसरसँग राम्रोसँग जोडिएको कुरा पक्का गर्नुहोस । यदि तातो राम्रेसँग सि.पि.यू. बाट हिटसिङ्कमा प्रवाह भएन भने कम्प्यूटरमा ओभरहिट अर्थात ज्यादा तात्ने समस्या आउन सक्छ ।

मदर बोर्डमा समस्या आउनुः अन्तमा, यदि माथिको सबै कुराहरु ठिक छ तर समस्या आईरहेको छ भने मदरबोर्डको जाँच गनर््होस् । यद्यपी मदरबोर्डको कुनैपनि सर्किटको समस्यो अलि गाह«ो खालको समस्या हुनसक्छ । यस्तो खालको समस्या आएमा महँगो मदरबोर्ड हो भने मर्मत गन्ूहोस् साधारण खालको हो भने नयाँ परिवर्तन गर्नू उपयूक्त हुन्छ ।

नबराज गिरी सफ्ट्वेयर इन्जिनियर (आर्टिफिसियल इन्फो टेक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here