e-Governance को लागि डिजिटल सिग्नेचर अनिवार्य गर्ने सरकारको घोषणा

सरकारी सेवामा सूचना प्रविधिको प्रयोगले सहज हुने सरोकारवालाको भनाई सरकारी सेवा बिस्तार गर्न सूचना प्रविधि आवश्यक हुने सरोकारबालाहरुले औंल्याएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयले आयोजना गरेको कार्यक्रममा सरोकारबालाहरुले सरकारी क्षेत्रमा सुचना प्रविधिको प्रयोगको लागि पूर्वाधार तयार भईसकेको हुँदा यसलाई सहजरुपमा प्रयोग गरिनुपर्ने बताए । इन्टिग्रेटिङ डिजिटल सिग्नेचर अन सफ्टवेयर एप्लिकेसन टू सफ्टवेयर डेभलपर्स विषयक कार्यशालामा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा संजय शर्माले नेपालको सूचना प्रविधिको क्षेत्रलाई विश्व बजारमा बिक्न सक्ने बनाउनुपर्ने बताए । उनले सेवा क्षेत्रको अर्थतन्त्रमा योगदान बढिरहेको भन्दै आगामी दिनहरुमा यसको महत्व बढ्ने बताए । ‘यसलाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने र यसको बढोत्तरी कसरी गर्ने भनेर सबैले ध्यान दिनुपर्छ,’ उनले भने । सचिव शर्माले डिजिटल सिग्नेचरलाई सफ्टवेयर विकासमा समाहित गर्न सकेमा अनधिकृत कारोबार रोकिने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक दिपक कुमार श्रेष्ठले सफ्टवेयरलाई डिजिटल सिग्नेचरसँग समाहित गर्ने विषयमा कार्यशाला आयोजना गरिएको जानकारी दिँदै डिजिटल सिग्नेचरले अनलाइन कारोबारलाई पनि सहयोग गर्ने बताए ।् कार्यक्रममा डिजिटल सिग्नेचर प्रमाणीकरण गर्ने निकाय रेडियन्ट इन्फोटेक नेपाल र नेपाल सर्टिफाईङ्ग कम्पनीका प्राविधिकहरुले सूचना प्रणालीमा विद्युतीय हस्ताक्षरको प्रयोग गर्ने बारेमा सफ्टवेयर विकासकर्ताहरुलाई तालिम दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here